+

शरद भेषावकरले एसिया कप छनोट गुमाउने, प्रारम्भिक टोली छानियो

२०७५ साउन  २४ गते २०:२३ २०७५ साउन २४ गते २०:२३
शरद भेषावकरले एसिया कप छनोट गुमाउने, प्रारम्भिक टोली छानियो


२४ साउन, काठमाडौं । नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले एसिया कप छनोट खेल गुमाउने भएका छन् । १९ सदस्यीय प्रारम्भिक टोलीमा उनको नाम परेको छैन ।

नेदरल्याण्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेलका क्रममा औंलामा चोट लागेका कारण शरद नेपालको प्रारम्भिक टोलीमा नपरेका हुन् । फिल्डिङका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेपछि उनले दास्रो एकदिवसीय खेल पनि गुमाएका थिए ।

टिम म्यानेजर रमन सिवाकोटीका अनुसार उनको हातमा अगस्ट १ मा लगाइएको प्लास्टर खोल्न चार हप्ता लाग्ने छ । जबकी २९ अगस्टबाट एसिया कप छनोट खेल मलेसियामा सुरु हुनेछ । यद्यपि अन्तिम टोली घोषणा गर्दा शरदलाई बोलाउने बाटो भने खुला छ ।

टोलीको साउन २९ गतेदेखि बन्द प्रशिक्षण हुँदै छ । त्यसपछि अन्तिम सदस्यहरुको नाम सार्वजनिक हुने छ । तयारीकै लागि भैदोको पहिलो हप्ता नेपालले श्रीलंका भ्रमण गर्ने तालिका रहेको छ ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।

छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्ने तालिका रहेको छ ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले एशिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

साथै ब्याटिङ प्रशिक्षकमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाइ आउने भएका छन् । उनी १४ अगस्टमा नेपाल आइपुग्ने छन् ।

को को परे प्रारम्भिक टोलीमा ?

कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्ऽ सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुशान भारी ।

नेपाली क्रिकेट शरद भेषावकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय