Comments Add Comment

‘दोस्ताना’को सिक्वेलमा अभिषेक-प्रियंकालाई ठाउँ छैन

सन् २००८ को सुपरहिट हिन्दी फिल्म ‘दोस्ताना’ को सिक्वेल बन्ने भएको छ । निर्माता-निर्देशक करण जौहर अहिले यसको स्क्रिप्टमा काम गरिरहेका छन् ।

फरक खालको विषयवस्तुका कारण दोस्तानलाई भारतीय दर्शकले मन पराएका थिए । यसको सिक्वेल बन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । अब भने ठोस तयारी सुरु भएको जोहरले बताएका छन् ।

‘यही महिनाभित्र स्क्रिप्टको काम सकेर हामी फिल्मको औपचारिक घोषणा गर्नेछौं,’ जोहरले एक अन्तरवार्तामा भने ।

दोस्तानमा जोन अब्राहम, प्रियंका चोपडा र अभिषेक बच्चनको त्रिकोणात्मक प्रेमकथा थियो । तर, यसको सिक्वेलमा यी तीनै स्टार नरहने बुझिएको छ । जोन र अभिषेक अहिले खासै नचलेका र प्रियंका हलिउडमा व्यस्त रहेकाले जोहरले अन्य कलाकार लिने सोच बनाएका हुन् ।

जोहरनिकट स्रोतका अनुसार उनले रणवीर सिंह, अर्जुन कपुर र बरुण धवनसँग कुरा गरिरहेका छन् । उनीहरुमध्ये दुईजना यस फिल्मका लागि छानिन सक्छन् । नायिकाको भने टुंगो लागेको छैन । दोस्तानको सिक्वेल भन्ने हल्लापछि धेरै कलाकारहरु जौहरको घरमा धाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment