Comments Add Comment

कविताःआँसुको आह्वान

प्रदुषित छ वर्तमान आफ्नै आँखाअघि
रक्ताम्य बनाइएका गुलाव
क्षतविक्षत जुनेलीको चित्कारबाट
प्रत्येक दिन
खबरका मुख्य लाइनहरू
धरधरी रोइरहेछन्
बलात्कृत पीडाले
कामिरहेछन् अक्षर अक्षर

वर्तमान किन प्रताडित छ ?
निर्मम छ किन ?
किन पाउँदैन गुलाबले निर्धक्क फुल्न
किन मिल्दैन जुनेलीलाई निर्धक्क डुल्न
किन सक्दैन विरुवा स्वतन्त्र हुर्कन
घर, आँगन, गाउँ, देश
किन छ असुरक्षित उसका लागि
के माग्छ समयले अस्मिताको बदला ?

सरकार !!
कस्तो व्यवस्ता छ तेरो न्यायालयमा
किन घटनुको सट्टा बढिरहेछ फूलको बरबादी
किन निमिट्यान्न पार्न सक्दैन अपराधी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment