Comments Add Comment

भारतीय एसएसबीको ज्यादती नरोकिएको कैलारीवासीको गुनासो

२७ साउन, कैलाली । एसएसबीको ज्यादती अझै नरोकिएको कैलालीको कैलारी गाउँपालिकाका नागरिकले जिल्लाका सुरक्षा अधिकारी समक्ष गुनासो गरेका छन् ।

जनताका गुनासो सुन्नका लागि शनिबार हसुलिया पुगेका सुरक्षा निकायका प्रमुख समक्ष उनीहरुले भारतीय एसएसबीले नेपालीमाथि दुव्र्यहार गर्ने गरेको, सहज रुपमा भारतीय बजार जान नपाएको लगायतका गुनासो गरेका छन् ।

यसका साथै गाउँपालिकाको भुगोल ठूलो भएपनि सुरक्षा निकायको उपस्थति पातलो हुदाँ शान्ति सुरक्षाको अनूभूति गर्न नसकेको, कृषि योग्न भूमिमा मलखाद, डिजेललगायतको समस्या भोग्नुपरेको गुनासो कैलारीवासीले सुरक्षा अधिकारीहरु सामु राखे । सुरक्षा अधिकारीहरुलेे समस्या समाधानका लागि पलह गर्ने आश्वासन दिएका छन् ।

जनताको गुनासो सुन्न, शान्ति सुरक्षाको अवस्था बुझेर नयाँ सुरक्षा योजना बनाउने उदेश्यका साथ जिल्लास्थित सुरक्षा निकायको टोली प्रत्येक शनिबार जनताको घरदैलोमा जाने गर्छ ।

सोही अनुरुप कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे र सीमा सुरक्षा बलका निमित्त कार्यालय प्रमुख विष्णु प्रसाद भट्ट कैलारी गाउँपालिकाका पुगेका थिए ।

सो क्रममा सुरक्षा निकायमा प्रमुख समक्ष हसुलियाका नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा एसएसबीको दुव्र्यहार सहनु परेको गुनासो गरेका छन् ।

उनीहरुले दैनिक उपभोग्य बस्तुका लागि सिमावर्ती बजार चन्दनचौकी जादासमेत सहजरुपमा आवात जावत गर्न नपाएको र दुर्व्यबहार खेप्नुपरेको गुनासो गरे ।

कैलारी गाउँपालिकाका नागरिकले भुगोल ठूलो भएपनि पर्याप्त मात्रामा सुरक्षा निकायको उपस्थिति हुन नसकेको गुनासो सुरक्षा अधिकारी समस्या पुगेका छन् । उनीहरुले शान्ति सुरक्षाको अनुभूति गर्नका लागि सुरक्षा निकायको उपस्थिति बढाउन माग गरेका छन् ।

गाउँगाउँमा सिंहदरबार भन्ने नारा भएपनि त्यसको अनुभूति गर्न नपाएको दुखेको कैलारी गाउँपालिकाका नागरिकको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपनि समयमै मल, डिजेल पाउन नसकेको, स्थानीय तहले जनताको ढाड सेक्ने गरी कर बढाएको आरोप उनीहरुको छ ।

सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढीका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले बेलाबेलामा दुबैदेशका सुरक्षा निकायमा पदाधिकारीहरुबीच हुने सुरक्षा बैठकमा आफूले सीमामा नेपालीले दुःख पाएको कुरा उठाउँदै आएको बताए । उनले यदि फेरि पनि त्यस्ता समस्याहरु आइरहृयो भने स्थायिहरुलाई सम्पर्क गर्न आग्रह गरे ।

जिल्लाा प्रहरी कार्यालय कैलालीका प्रमुख विनोद घिमरेले जनताको शान्ति सुरक्षाका लागी प्रहरी सधै तयार भएको बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्ने र कानून कार्यान्वयन गर्नु प्रहरीको प्रमुख कतब्य रहेको बताए ।

भौगोलिक रुपमा कैलारी गाउँपालिका ठूलो भएपनि काम गर्ने क्रममा प्रहरीको मनोबल सानो नहुने बताए । इलाका प्रहरी कार्यालयमा प्रहरीको दरबन्दी थपका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।

नेपाली नागरिकले सीमा क्षेत्रमा भोग्दै आएका समस्या समाधानका लागि बेला बेलामा भारती पक्षसग छलफल भइरहेको र त्यसको अन्त्यका लागि अझै पहल गर्ने सुरक्षा अधिकारीले आश्वासन दिएका छन् ।

नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउनका लागि पनि विभिन्न क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट स्थापना गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद वीरमान चौधरीले जनताको सजहताका लागी देश नयाँ ब्यवस्थामा गएको बताए । उनले भदौ देखि नयाँ कानुन लागु हुने भएका कारण त्यसले केही सहजता ल्याउँने बताए ।

पहिलेको अवस्थामा भन्दा गाउँको अवस्थामा केही सुधार आएपनि अझै सुधार ल्याउँन जरुरी रहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य काम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment