Comments Add Comment

अधिनायकवादको आरोप चियाको कपमा तुफानजस्तै : मन्त्री ज्ञवाली

फाइल तस्वीर

२७ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् ।

अधिनायकवादको आरोप चियाको कपमा आएको तुफानजस्तै भएको उनको दाबी छ । ‘चियाको कपमा आएको तुफानजस्तै अधिनायकवादको कृत्रिम हल्लाद्वारा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको छ’ मन्त्री ज्ञवालीले भने, ‘म स्पष्ट भन्न चाहन्छु, वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध मात्र होइन, लोकतन्त्रको अभियन्ता हो ।’

आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको बताए ।

सरकार छिमेकी मुलुक भारत तथा चीनसँगै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुमधुर बनाउन प्रयासरत रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment