Comments Add Comment

‘गोपी’मा बर्षा राउत इन, बर्षा सिवाकोटी आउट


कुनै चलचित्रबाट कलाकार निकालिनु र भित्रिनु नौलो कुरा होइन । केही दिन अगाडि मात्र चलचित्र ‘गोपी’ साइन गरेकी नायिका बर्षा सिवाकोटीले अब यो चलचित्रबाट हात धुनु परेको छ । चलचित्र साइन गरेर साइनिङ एमाउन्ट समेत लिएकी नायिका सिवाकोटीको हातबाट यो चलचित्र छायांकनमा जानु अगाडि फुस्किएको छ ।

यो चलचित्र बर्षा सिवाकोटीको हातबाट फुस्किएर अर्की नायिका बर्षा राउतको हातमा पुगेको छ । चलचित्र क्षेत्रमा दुई बर्षाविच ठूलै टकराव रहेको चर्चा चल्छ । यो विचमा सिवाकोटीको हातमा आइसकेको चलचित्र राउतको हातमा पुगेपछि यी दुइको टकराव झनै सतहमा आएको छ ।

दिपेन्द्र लामाले निर्देशन गर्न लागेको यो चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने बताइएको थियो । अब, चलचित्रको छायांकन भदौ ३ गतेबाट सुरु हुनेछ । निर्माणपक्षले भने अहिले यो बिषयमा केही पनि बोल्न चाहेको छैन ।

किन बाहिरिइन् सिवाकोटी ?
सफल चलचित्र दिन नसकेर ओझेलमा परेकी नायिका बर्षा सिवाकोटीका लागि यो चलचित्रले राहत दिन सक्थ्यो । तर, उनले संझौता गरिसकेको चलचित्रबाट हात धुनु परेपछि उनलाई नराम्रो झट्का लागेको छ । बर्षाले वर्कशप चलिरहँदा निर्माण टिमलाई थाहा नै नदिई पोखरातर्फ लागेपछि निर्माण टिम केही असन्तुष्ट भएको थियो ।

अर्कोतिर, नायिका सुरक्षा पन्तको भूमिका धेरै रहेको र आफ्नो कम भएको गुनासो गर्दै सिवाकोटी हिडेपछि यसको निर्माण टिम उनी व्यवसायिक नरहेको निर्णयमा पुगेको हो । यसैले उनलाई रिप्लेस गर्दै उनकै प्रतिस्पर्धी नायिका बषर्ा राउतलाई चलचित्रमा भित्राइएको छ । चलचित्रको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछाने छन् ।

बर्षाको हातमा फिल्म नै फिल्म
नायिका बर्षा राउतको हातमा अहिले चलचित्र नै चलचित्र छ । उनको ‘चौका दाउ’ नामक चलचित्र रिलिज हुने क्रममा छ । यस्तै, ‘एउटा यस्तो प्रेम कहानी’ पनि रिलिजकै क्रममा छ । ‘छक्का पन्जा ३’को एउटा गीतमा उनले अभिनय गरेकी छिन् । यस्तै, किरण केसीले निर्माण गर्न लागेको ‘दाल भात तरकारी’मा उनले अभिनय गर्ने पक्का जस्तै छ ।

अर्कोतिर, उनी अब चलचित्र ‘गोपि र जात्रै जात्रा’को छायांकनको तयारीमा छिन् । बर्षाले अर्को एक चलचित्रको घोषणा पनि चाडै हुने जानकारी दिइन् ।

चलचित्र क्षेत्रमा दुई बर्षाको टकराव चलिरहेको समयमा बर्षा राउतले बर्षा सिवाकोटीलाई उछिनेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment