Comments Add Comment

म्यानचेष्टर सिटीले आर्सनललाई हरायो

२८ साउन, काठमाडौं । डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले बलियो टोली आर्सनललाई हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा यात्रा थालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई २–० गोल अन्तरले हराएको हो । वेंगरले क्लब छाडेपछि आर्सनल पहिलो पटक प्रिमियर लिग खेलिरहेको थियो तर, पेप ग्वार्डिओलाको टोलीसँग पराजित भएको छ ।

इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले १४ औं मिनेटमा राहम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । सिटीबाट पहिलो पटक प्रिमियर लिग खेलिरहेका रियाद महरेज डेब्यू गोल नजिक थिए तर, आर्सनलका गोलकिपर पिटर चेकले उनको प्रहारलाई रोकेका छन् ।

दोस्रो हाफको ६४ औं मिनेटमा बर्नान्डो सिल्भाले सिटीको अग्रता दोब्बर पारे । खेलमा थप गोल हुन सकेन र सिटी जित्यो ।

यसअघि चेल्सीलाई हराउँदै कम्युनिटी सिल्ड कपको उपाधि पनि म्याचेष्टर सिटीले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment