Comments Add Comment

पशुपतिमा बन्यो ४०० बेडको धर्मशाला, ओली र मोदीले उद्घाटन गर्ने

२९ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला तयार भएको छ । यसको आगामी भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदी भदौ १४-१५ मा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउनेछन् । हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्घाट्न गर्ने कार्यक्रम छ’ नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भने ।

पशुपति क्षेत्र विकास कोषले पनि यसको पुष्टि गरेको छ । कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार साढे २ तलाको धर्मशाला निर्माण सम्पन्न भइरहेको छ ।

यसमा ८२ वटा कोटा छन्, जसमा कुल ४०० बेड छन् । धर्मशाला उद्घाटन गर्नुअघि नै सञ्चालन मोडालिटी बनाउने पशुपति विकास कोषको योजना छ ।

शुल्क निर्धारण हुन बाँकी रहेको भन्दै भन्दै सदस्य सचिव ढकालले भने, ‘धर्मशालामा खानाको पनि व्यवस्था हुन्छ । यसले तीर्थयात्रीहरुलाई बस्न सहज हुनेछ ।’

धर्मशाला भारतीय सहयोगमा बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment