Comments Add Comment

शतवार्षिकीमा नेपालमा मुस्कान फैलाउँदै ‘ब्रिटानिया’

'स्माइल मोर फर अ गुड डे' अभियान


२९ साउन, काठमाडौं । ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पुरा गरेको छ । यो उल्लेखनीय कोसेढुङ्गासँगै नेपालप्रतिको आफ्नो प्रतिवद्धतालाइ अझ सबल बनाउँदै ब्रिटानियाले आफ्नो प्रमुख ब्राण्ड ‘गुड डे’को ह्रृदयस्पर्शी टेलिभिजन विज्ञापनमा नायिका प्रियंका कार्कीलाइ ब्राण्ड दुतको रुपमा प्रस्तुत गरेको छ ।

एक दशकभन्दा अघिदेखी नै नेपाली बजारमा ब्रिटानिया उपलब्ध छ । केहि वर्षयता कम्पनीले आफ्नो लगानीमा वृद्धि गरिरहेको छ । यसका कारण २० प्रतिशत बजार हिस्सा ओगट्रदै ब्रिटानिया अहिले नेपालको बिस्कुट बजारको अग्रणी कम्पनी बन्न सफल भएको दावी कम्पनीको छ ।

साथै गुड डे नेपाली बिस्कुट बजारको सवैभन्दा ठूलो ब्राण्डको रुपमा स्थापित पनि भैसकेको कम्पनी बताउँछ ।

कम्पनीले राष्ट्रिय व्यवस्थापक एवं देशव्यापी वितरणको साझेदारको रुपमा बिशाल ग्रुपलाई नियुक्त गरेको छ । स्थानीय तहमा आफ्नो उपस्थितीलाई अझै बलियो बनाउन गरेको यो लगानी स्वरुप अघिल्ला बर्षहरुमा वितरणको विस्तार ३० प्रतिशतले वढेर ७० हजार ००० आउटलेट पुगेको छ । भविश्यमा ब्रिटानियाले नेपालमै स्थानीय उत्पादन गर्ने लक्ष्य पनि लिएको छ ।

प्रियंका कार्कीलाई राखेर बनाइएको अभियान ‘स्माइल मोर फर अ गुड डे’ को मनोभाव नै आफ्नो मुस्कान पत्ता लगाउन र संसारसँग बाँडेर अझ बढाउन अपील गरिएको छ ।

ब्रिटानिया इण्डस्टि्रज लिमिटेडका अन्तर्राष्ट्रिय व्यापारका उपाध्यक्ष अनिन्द्य दत्तले भने ‘भाषा, वर्ण, वर्ग र विचारलाई चिर्ने मुस्कान एउटा विश्वव्यापी ईशारा हो । एक अध्ययनअनुसार मुस्कान सजिलै सर्दछ र यो सरल ईशाराले संसारको हरेक कुनाकाजो कसैको दिन चम्किलो वनाउन सक्छ । तर आजको दु्रतगतिको संसारमा हामी आˆनै अगाडि उभिएको मानिससँग पनि मुस्कुराउनमा कन्जुसाईं गर्छौं । गुड डे ब्राण्डको साथमा हामी विश्वास गछौं की हामी जति मुस्कुराउँछौं संसार त्यति नै अझ सुन्दर ठाऊँ हुनेछ ‘

कार्यक्रममा नायिक कार्कीले भनिन् ‘ब्रिटानिया गुड डेको स्माइल मोर फर अ गुड डेको एक हिस्सा हुनु साँच्चिकै उत्साह को विषय हो, यसले बोकेको सन्देशसँग म साँच्चै सहमत छु । हामी नेपालीहरु पि्रय एवं सहयोगी भावनाका छौं , तर हामी प्रायः के मुस्कुराउँछौं त ? मुस्कुराउनु सरल जस्तो लागे पनि हामी यसको खासै कदर गर्दैनौ । मलाई विश्वास छ यो अभियानले यहाँका मानिसहरुलाई मुस्कानको आदान प्रदान गर्न सम्झाउँदै यसको वानी बसाउन सघाउनेछ, किन कि सबैलाई थाहा छ मुस्कुराउन पैसा पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment