Comments Add Comment

टोटनह्यामको पोष्टमा बायर्नको सात गोल, सर्जको ह्याट्रिक

Photo Credit : Serge Gnabry

१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनहृयाम जर्मन क्लब बायर्न म्युनिखसँग फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहृयाम ७-२ गोलअन्तरले पराजित भएको हो ।

बायर्नका लागि सर्ज गनाब्रीले ह्याट्रिकसहित चार गोल गरे । सर्जले आर्सनलबाट फुटबल करियर सुरु गरेका थिए ।

त्यस्तै, रोबेर्टो लेवान्डोस्कीले दुई र जोशुआ किमिचले एक गोल गर्न सफल भए । यता, टोटनहृयामका लागि सन हेयुङ मिन र हृयारी केनले समान १-१ गोल गरे ।

खेलको १२औं मिनेटमा सन हेयुङ मिनले गोल गर्दै टोटनहृयामका लागि अग्रता दिलाएका थिए । तर यो अग्रता धेरैबेर टिकेन । खेलको १५औं मिनेटमा नै किमिचले गोल गरेपछि बायर्नले १-१ गोलको बराबरी बनायो । खेलको ४५औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफसम्म बायर्न २-१ गोलले अघि रहृयो ।

खेलको ५३औं र ५५औं मिनेटमा सर्ज गनाब्रीले गोल गरेपछि बायर्न टोटनहृयाममाथि ४-१ गोलअन्तरले अघि रहृयो । तर खेलको ६१औं मिनेटमा केनले पेनाल्टीबाट गोल टोटनम्यामलाई ४-२ गोलको स्थितिमा ल्याए । यसपछि खेलको ८३औं र ८८औं मिनेटमा गनाब्री र ८७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले टोटनहृयाममाथि ७-२ गोलको फराकिलो जित निकालेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment