Comments Add Comment

फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार


२९ साउन, काठमाडौं । विश्वकप २०१८को समापनसँगै खाना डेलिभरी कम्पनी फुडमाण्डुले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक भएको छ ।

विश्वकप खेलपे्रमीहरुलाई लक्षित गरि आयोजना गरिएको योजनामा खानाहरुमा विभिन्न आकर्षक अफर विशेष छुट र हरेक अर्डरसंगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था गरिएको थियो ।

सबभन्दा बढी १४० अंकसहित काठमाडौं निवासी शेखर शर्माले सामसुंगको ४३ ईन्चको फुल एचडि स्मार्ट टिभी जित्न सफल भएका छन् ।

फुडमाण्डु प्रालिको नक्साल स्थित कार्यालयमा कार्यक्रमकबीच फुडमाण्डुका तर्फबाट सिईओ मनोहर अधिकारी र सामसुंग नेपालका तर्फबाट आलोक गुप्ताले विजेता शर्मालाई संयुक्तरुप उपहार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment