Comments Add Comment

जुद्ध मावि गाैरका लेखा सहायक ४५ हजार घुससहित पक्राउ

३० साउन, रौतहट । गौरस्थित जुद्ध उच्च माध्यामिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ठाकुरलाई बुधबार पक्राउ गरेको हो ।

विद्यालयको भवन निर्माण गरिरहेको निर्माण कम्पनीबाट ठाकुरले घुस लिएको बुझिएको छ । उनले निर्माण कम्पनीसँग पटकपटक घुस मागेको सूचनाका पाएपछि अख्तियारले निगरानी गरेको थियो ।

पक्राउ परेका ठाकुर प्राविका तहका शिक्षक हुन् । तर, हालसालै उनले सहायक लेखाका रुपमा काम गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment