Comments Add Comment

उपाध्यक्षलाई नदिई गाउँपालिकाको कार्यभार वडा अध्यक्षलाई

३० साउन, सप्तरी । सप्तरीको एउटा गाउँपालिका अध्यक्षले आफ्नो अनुपस्थितिमा कार्यबाहक जिम्मा उपाध्यक्षलाई नदिई वडाअध्यक्षलाई दिएका छन् ।

अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले भारत तीर्थयात्रामा जाँदा कार्यभार उपाध्यक्ष मीना चौधरीलाई नदिई वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादवलाई दिएका हुन् ।

आफू कार्यालयमा नियमित आइरहे पनि अध्यक्षले आफूभन्दा जुनियर वडा अध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिएको उपाध्यक्ष मीनाले बताइन् । उनले अध्यक्षले आफ्नो अपमान गरेको बताएकी छन् ।

गाउँपालिका अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले जिम्मेवारी सम्हाल्ने काननी प्रावधान छ । आर्थिक कारोबार बाहेकका सबै काम उपाध्यक्षले गर्न पाउने व्यवस्था छ ।

अध्यक्षबाट पटक-पटक आफूलाई अधिकारबाट वञ्चित गराउने, मानमर्दन गर्ने काम भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment