Comments Add Comment

प्रियंका चोपडाले देखाइन् ‘ईंगेजमेन्ट रिङ’

बलिउड नायिका प्रियंका चोपडाले केही दिनअघि अमेरिकी गायक निक जोनससँग ईंगेजमेन्ट गरेको खबर भाइरल भएको थियो । तर, नायिकाले न यसको पुष्टि गरिन् न खन्डन ।

केही दिनअघि एयरपोर्टबाट निस्कने क्रममा आफ्नो अगाडि मिडियाका क्यामराहरु देखेपछि उनले आफ्नो औलाबाट औंठी निकालेर ब्यागमा हालेकी थिइन् । यसबाट उनी आफ्नो ईंगेजमेन्टको कुरा लुकाउन चाहन्छिन् भन्ने प्रष्ट भयो । तर, हालै उनी स्वयम्ले आफ्नो इंगेजमेन्ट रिङ सार्वजनिक गरेकी छन् ।

हालै मनिष मल्होत्राको फेसन शोमा थुप्रै सेलिब्रिटीहरुसँगै प्रियंका पनि पुगेकी थिइन् । उनले त्यहाँ रविना टन्डनसँग सेल्फी खिचाएकी थिइन् । उक्त पाउट सेल्फी प्रियंकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन् ।

र, यो तस्वीर हेर्नेहरुको ध्यान प्रियंकाको पाउटमा होइन कि हातमा लगाएको सुन्दर औंठीमा गएको छ । उनले यो तस्वीर खिच्दा जानेरै औंठी देखाएको बुझ्न सकिन्छ । सायद उनी अब धेरै समय आफ्नो निजी सम्वन्ध लुकाउने पक्षमा छैनन् ।

प्रियंकाले आफ्नो जन्मदिनमा लन्डनमा निकसँग ईंगेजमेन्ट गरेको बताइन्छ । उक्त ईंगेजमेन्टको कुनै तस्वीर भने अहिलेसम्म सार्वजनिक भएको छैन । उनीहरु चाँडै बिहे गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment