Comments Add Comment

प्रशान्त र अनुपका लागि यसकारण विशेष ‘जय शम्भु’


‘विराङ्गना र झमकबहादुर’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि नायक अनुप विक्रम शाहीलाई अब ‘जय शम्भु’को आशा बढी छ । यसैले, अघिल्ला २ चलचित्रको प्रचारमा मुख नखोलेका अनुप यसपटक भने मोफसल टुरमा समेत सहभागी भए ।

अनुप विक्रम शाहीलाई दर्शकले नायक भन्दा पनि खलनायकमा बढी मन पराएका छन् । तर, उनका पछिल्ला रिलिज चलचित्रमा भने उनी नायकको भूमिकामा देखिएका छन् । अनुपको हातमा चलचित्रको अभाव छैन । तर, सफल चलचित्र औलामा गन्न सकिने खालका छन् । अर्कोतिर, चलचित्र ‘ऐश्वर्य’बाट एकाएक चम्किएका कलाकार प्रशान्त ताम्राकारका लागि ‘जय शम्भु’ चल्न आवश्यक छ ।

उनको गेटअप, शैलीलाई दर्शकले रुचाएको चर्चा गरिएको छ । भोली भदौ १ गतेबाट रिलिज हुन लागेको यो चलचित्र चलेको खण्डमा प्रशान्त र अनुप दुबैका लागि फाइदा हुनेछ । साथमा, प्रशान्तको बढ्दो क्रेजको मापन समेत हुनेछ ।
लभ स्टोरी र एक्सनको मिश्रण यो चलचित्रलाई लिएर यसको निर्माणपक्ष पनि आशावादी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment