Comments Add Comment

‘मेरी मामु’को ट्रेलर सार्वजनिक


आशुषेसन फिल्मस्को ब्यानरमा निर्माण भएको नयाँ चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ७ बर्षका बालका आयुब सेनको मुख्य भूमिकामा तयार भएको यो चलचित्रले एक बालक र उसको परिवारको कथालाई उठान गरेको छ ।

सन्तोष सेनको निर्माणमा तयार भएको चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा आयुब सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङको मुख्य भूमिका छ । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विक्रम लामा र एन्जिला श्रेष्ठको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन छ ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकार आयुब, सारुक, अश्लेषा र कुसुमलाई फोकस गरिएको छ । आयुबको परिवारमा आइपर्ने घटना, बाबु-आमाको झगडाले एउटा बालकको दिमागमा पर्न सक्ने असरलाई चलचित्रले उठान गरेको छ । भदौ १५ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment