Comments Add Comment

फिफा वरियतामा नेपाल यथावत, दक्षिण एसियामा तेस्रो

जर्मनी १४ स्थान झर्‍यो, रसिया २१ स्थान चढ्यो

३१ साउन, काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत रहेको छ ।

नयाँ वरियताअनुसार दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत ९६ औं स्थानमा र माल्दिभ्स १ सय ५० औं स्थानमा रहेको छ ।

यस्तै भुटान १ सय ८३ औं, बंगलादेश १ सय ९४ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय १ औं स्थानमा छन् ।

विश्वकप विजेता फ्रान्स ६ स्थान माथि उक्लँदै शीर्ष स्थानमा पुगेको छ भने जर्मनी १४ स्थान तल झरेर १५ औं मा पुगेको छ । यस्तै खराब ओरालो लागेको इजिप्ट २० स्थान तल झर्दै ६५ औं स्थानमा पुगेको छ ।

वरियतामा सबैभन्दा राम्रो सुधार विश्वकप आयोजक राष्ट्र रसियाले गरेको छ । रसिया २१ स्थान माथि चढ्दै ४९ औं स्थानमा पुगेको छ । यस्तै क्रोएसिया १६ स्थान माथि चढ्दै चौथो स्थानमा पुगेको छ ।

यी हुन् उत्कृष्ट १५ देश

फ्रान्स, बेल्जियम, ब्राजिल, क्रोएसिया, उरुग्वे, इंग्ल्याण्ड, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, डेनमार्क, अर्जेन्टिना, चिली, स्वीडेन, कोलम्बिया र जर्मनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment