Comments Add Comment

‘जय शम्भु’ बाट वर्षा कति आशावादी ?

नायिका वर्षा शिवकोटी हिट फिल्मको खोजीमा छिन् । त्यसैले आजबाट रिलिज हुने फिल्म ‘जय शम्भू’ उनको लागि महत्वपूर्ण छ ।

वर्षाले अत्यधिक आशा गरेको ‘कारखाना’ हेर्न दर्शक हलसम्म आएनन् । हालै मात्र प्रदर्शित ‘भैरे’ ले पनि खासै राहत दिन सकेन । यद्यपि, दुवै चलचित्र हेर्ने दर्शकले भने मन पराएको उनले पाएकी छन् ।

‘कारखाना यूट्यूवमा आएपछि मैले धेरै राम्रा प्रतिक्रियाहरु पाइरहेकी छु,’ उनले भनिन्, ‘भैरे हेरेकाहरुले पनि प्रशंसा गर्नुभएको छ ।’

जय शम्भूमा आफूले केही फरक खालको भूमिका गरेको र यसलाई पनि दर्शकले मन पराउने उनको विश्वास छ । यो फिल्ममा उनी अनुप विक्रम शाहीको अपोजिटमा देखिदैछिन् । फिल्ममा प्रशान्त ताम्राकारको पनि अहम् भूमिका छ ।

चलचित्रको पब्लिसिटीका लागि विभिन्न स्थानमा पुगेकी वर्षाले दर्शकमाझ फिल्मप्रति निकै कौतुहलता रहेको पाएकी छन् ।

उनले भनिन्, ‘दुई जना चर्चित भिलेन एउटै फिल्ममा भएकाले पनि दर्शकको चासो बढेको पाएँ ।’

यो फिल्म एक्सनप्रधान भए पनि लभस्टोरी पनि रहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment