Comments Add Comment

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ ।

इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको शोभा दिने नै भयो । घरको साजसज्जाका लागि मनीप्लान्ट लगाउन सकिन्छ । त्यसबाहेक पनि यसका केही फाइदा छन् ।

कतिपय यस्ता वनस्पति हुन्छन्, जो मानव एवं प्राणी जगतका लागि अति फाइदाजनक मानिन्छ । तुलसी, घिउकुमारी, चमेली, पिपल जस्ता वनस्पति निकै गुणकारी हुन्छन् । के मनिप्लान्ट पनि यस्तै बनस्पति हो ? के मनीप्लान्ट फैलियो भने घरमा समृद्धि भित्रिन्छ ?

यस्तो छ वास्तविकता

घर भित्र लगाइने हरियो बोटबिरुवाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ । मुख्यतया हरेक घरभित्र मनी प्लान्टको बोट लगाउने गरिन्छ । यसले घरको स्वरुपमा पनि केही परिवर्तन ल्याउँछ ।

मनी प्लान्ट एक साधारण बिरुवा हो जुन प्रायः हरेक घरभित्र हुन्छ । पुरानो मान्यता अनुसार घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धनको बढोत्तरी हुन्छ । भनिन्छ मनी प्लान्टले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । वास्तु शास्त्र अनुसार मनी प्लान्टबाट फाइदा लिनको लागि सही नियमको पालना गर्नु आवश्यक छ ।

वास्तुशास्त्र  अनुसार मनीप्लान्ट लगाउनुको फाइदा

१. दाम्पत्य जीवनमा सुख

नव विवाहित जोडीका लागि घर भित्र मनी प्लान्ट लगाउनाले पति पत्नी बीचको सम्बन्ध राम्रो हुन्छ भन्ने मान्यता रहिआएको छ । यदि कुनै कारणवश मनमुटाव भएको खण्डमा पनि त्यो लामो समयसम्म रहँदैन । तर विवाहित जोडीले यो कुरामा ध्यान राख्नु पर्छ कि मनी प्लान्ट कहिले पनि पूर्व-पश्चिम दिशामा लगाउनु हुँदैन ।

२. धन सम्पतीको बढोतरी हुन्छ

भनिन्छ मनी प्लान्ट जति हरियो र अधिक पातहरु हुन्छ त्यति नै धन सम्पतिको बढोत्तरी हुन्छ । आर्थिक स्थिति बलियो बनाउनको लागि पनि अधिकांश मानिसको घर भित्र मनी प्लान्ट लगाइएको हुन्छ । एउटा लोकप्रिय धारणा अनुसार मनी प्लान्टको सरसफाइ वा पहेँला पातहरु फ्याल्ने काम घरबाहिरको मान्छेले गरेमा त्यस घरमा पैसा अधिक मात्रामा आउने गर्दछ ।

३. सकारात्मक उर्जाको लागि

घर भित्र मनी प्लान्ट लगाउनाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ र घरको सबै सदस्य स्वस्थ रहन्छन् । यसको साथै मनी प्लान्ट लगाउनाले घर भित्र हरियाली हुन्छ र यो प्लान्ट लगाउँदा रोगबाट पनि मुक्त भइन्छ । घर भित्र मनी प्लान्ट लगाउँदा मस्तिष्क शान्त बनाउँछ र नकारात्मक विचारबाट मुक्ति मिल्दछ ।

४. राम्रो भाग्यको लागि

मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ । यदि कुनै व्यक्तिको विवाह भइरहेको छैन वा विवाहमा ढिलो भइरहेको छ भने मनी प्लान्ट उसको लागि निकै लाभदायी हुन सक्छ । विवाहमा ढिलो भइरहेको छ भने घरको दक्षिण पूर्व दिशामा मनी प्लान्ट लगाउनाले विवाह चाँडै हुने विश्वास गरिन्छ ।

५. घर भित्रको हावा शुद्ध बनाउनको लागि

वैज्ञानिक परीक्षण गर्दा के पत्ता लाग्यो भने घरभित्र मनी प्लान्ट लगाउनाले घरको हावालाई शुद्ध बनाउछ । मनी प्लान्टले हावामा पाइने वोलाटाइल आर्गेनिक कम्पाउण्डलाई हावासँग फिल्टर गर्न मद्दत गर्दछ । यदि कुनै व्यक्तिलाई निन्द्राको समस्या छ भने मनी प्लान्ट लगाउनाले यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

६. तनावबाट मुक्त हुनको लागि

बैज्ञानिक मान्यता अनुसार मनी प्लान्ट घरभित्र कम्प्युटर टेबुल, टेलिभिजनसँगै वा भान्छा कोठामा लगाउनाले मानसिक समस्याबाट मुक्ति मिल्दछ । मनी प्लान्टले डिप्रेशन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ । यदि तपाईं मानसिक सुख शान्ति चाहनु हुन्छ वा तनावमुक्त हुन चाहनुहुन्छ भने तपाईंले आफ्नो घर भित्र मनी प्लान्ट लगाउनु पर्छ ।

मनी प्लान्ट लगाउने सहि तरिका

१. मनी प्लान्टलाई जहिले पनि दक्षिण पूर्वको दिशामा लगाउनु पर्छ । कहिले पनि उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा लगाउनु हुँदैन ।

२. दक्षिण पूर्व दिशामा भगवान गणेशको बास हुन्छ । त्यसैले यो ठाउँमा मनी प्लान्ट लगाउनाले घरमा सुख समृद्धिमा बढोत्तरी हुन्छ ।

३. उत्तर पूर्व सबैभन्दा नकारात्मक ठाउँ मानिन्छ । त्यसैले यो दिशामा मन्दिर वा तुलसीको विरुवा मात्र लगाउनु पर्छ ।

४. मनी प्लान्टलाई कहिले पनि घर बाहिर लगाउनु हुँदैन । यो घर भित्र लगाउँदा मात्र लाभ मिल्दछ ।

५. मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन । पानीको कमीले पातहरु पहेँलो हुने वित्तिकै निकालेर फाल्नु पर्छ ।

६. मान्यता अनुसार मनी प्लान्टको पात माथितिर बढ्दछ । त्यसैले यसको पातले कहिले पनि जमीन छुनु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment