Comments Add Comment

प्रदेश २ लाई सम्बोधन गर्न जनकपुर आइपुगे ओली

२ भदौ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न शनिबार जनकपुर आएका छन् ।

दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर जनकपुर आएका ओलीलाईसभामुख र उपसभामुखले फूलमाला लगाइदिएर स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा प्रदेश सभा सदस्यहरु पनि उपस्थित थिए ।

सम्बोध शुरु गर्नुअघि प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्री, सभामुख, उपसभामुख र अन्य वरिष्ठ मन्त्रीबीच छलफल भएको थियो । यो छलफल सम्बोधनको विषयमा केन्द्रित रहेको बुझिएको छ ।


प्रधानमन्त्री ओलीले अब केहीबेरमा प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीको स्वागतको लागि जनकपुरका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment