Comments Add Comment

कंचनरुप नगरपालिकामा मुस्कानसहित सेवा

३ भदौ, सप्तरी । सप्तरीको कंचनरुप नगरपालिकाले मुस्कानसहितको सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

नगरपालिकाले शाखा, उप शाखा, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कर्मचारीलाई मुस्कानसहितको सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले मातहतका सम्पूर्ण कर्मचारीलाई लिखित पत्र मार्फत् निर्देशन दिदैं मुस्कानसहितको सेवा दिन अटेर गरी हेल्चेक्रयाइँ गरिरएको पाइएमा अथवा जनगुनासो आएमा प्रचलित ऐन, कानुन बमोजिम कार्वाहीको भागिदारी हुनुपर्ने चेतावनी दिएका छन् ।

पत्रमा अनिवार्य रुपमा पोशाकको प्रयोग गर्न, कार्यालय समय बिहान १० देखि ५ बजेसम्म कार्यालयमा उपस्थित रहन र कामकाजले बाहिर जानुपर्ने भए लगबूकको व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै परिचय पत्र अनिवार्य लगाउन, विदा लिनुपर्ने भए कर्मचारीहरुले सम्बन्धित शाखा, उप शाखा, वडा कार्यालयबाट सिफारिस लिई विदाको किसिम र तथ्यांक उल्लेख गरी विस्तृत रुपमा निवेदन बमोजिम विदा स्वीकृत भएमा मा विदा बस्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment