Comments Add Comment

हेटौंडाका तीन उद्योगका पानी उत्पादन र विक्रीमा रोक

३ भदौ, हेटौंडा । पिउन अनुपयुक्त पानी उत्पादन गरेको भेटिएपछि स्थानीय प्रशासनले तीन वटा पानी उत्पादन तथा विक्री बन्द गरेको छ ।

हेटौंडा औधोगिक क्षेत्रमा रहेको मकवानपुर बेभरेजको माई च्वाइस्, शुभम् बेभरेजको आक्वा टाइम र नेचुरल बेभरेजको अमृत जल पिउनका लागि अयोग्य भेटिएको हो । पटकपटकको अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा पिउन अयोग्य भेटिएपछि उत्पादन र बिक्री बन्द गरिएको खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले बताए ।

पानीमा कोलिर्फम, पिएच र इस एण्ड मोल्ड (शुक्ष्म जिवाणु) भेटिएकाले पानी उत्पादक फ्याक्ट्रीमा शिलबन्दी गरेको रिजालले जानकारी दिए ।

उपभोक्ताको गुनासोपछि अनुगमन गरीरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च र खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयको टोलीले संयुक्त अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment