+
+

दिलबाटै उनको भइसकेकी छुः प्रियंका चोपडा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १०:३८

बलिउड अभिनेत्री प्रियंका चोपडा, जसलाई ‘अविवाहिता’को वात लाग्ने गथ्यो । उमेर गुज्रिदै जाँदा उनको प्रेम-जीवन फिका भएपनि व्यवसायिक-जीवनले लोभलाग्दो उडान भर्‍यो । प्रियंकाले बलिउडको दायरा नाघेर हलिउडसम्म आफ्नो पकड बनाइन् ।

यसबीचमा उनी अविवाहित मात्र थिइनन्, सिंगल पनि । अर्थात उनको कुनै लभ-अफेयर थिएन । त्यसैले उमेरले ३० बर्ष उकालो लागिसकेकी उनले विवाह नगर्ने पो हुन् कि भन्ने शंसय थियो । तर, अहिले कथामा ट्वीस्ट आएको छ । प्रियंकाले चाडै घरजाम गर्दैछिन् । त्यो पनि हलिउड गायक/अभिनेता निक जोनाससँग । अझ रमाइलो त के भने, निक जोनास प्रियंका भन्दा करिब ११ बर्ष कान्छो छन् ।

अहिले उनीहरुको इंगेजमेन्टको चर्चा छ । यसै सन्दर्भमा हिन्दी बिबिसीले प्रस्तुत गरेको लेखलाई यहाँ साभार गरिएको छ ।

कसले चोर्‍यो प्रियकांको मन ?

‘टेकेन ….विद अल माई हार्ट एन्ड सोल’ अर्थात म पुरा दिल र आत्माबाटै उसको भइसकेकी छु ।

यो हो प्रियंका चोपडाको ताजा इन्स्टाग्राम पोस्टको क्याप्सन । साथमा एक तस्वीर पनि पोस्ट भएको छ । पहेंलो रंगको पहिरनमा प्रियंका । सेतो कुर्तामा निक जोनास । प्रियंकाको हात निकको छातीमा र दुबै एकआपसमा आँखामा-आँखा जुधाएका । प्रियंकाको औंलामा चम्किएको औंठी र उनको मुस्कुराहट प्रष्ट देखिन्छ ।

तस्विर पोस्ट भएको एक घण्टाभित्र करिब यसलाई डेढ लाख बढीले लाइक्स गरेका छन् । अहिलेसम्म चालिस हजार बढी कमेन्ट आइसकेको छ ।

पछिल्लो समय प्रियंका र निकको सम्बन्धबारे व्यापक चर्चा थियो । दुबैलाई बेलाबखत एकसाथ देखिएका थिए । उनीहरु मुकेश अम्बानीका छोरोको पार्टीमा समेत सामेल भएका थिए । तर, उनीहरुको सम्बन्धबारे दुबैले औपचारिक रुपमा कुनै खुलासा गरेका थिएनन् ।

सोशल मिडियामा भनिएको छ कि, प्रियंका र निकको इंगेजमेन्ट मुम्बईमा भइसकेको छ । उनी अहिले खुसी देखिएकी छिन् र घुमाउरो रुपमा आफ्नो सम्बन्ध खुलाइसकेकी छिन् । इन्टाग्रामबाट उनले निक जोनाससँग सम्बन्ध गाँसिएको बताएकी छिन् । इन्स्टाग्राममा उनलाई बधाईको ओइरो लागेको छ ।

को हुन् निक जोनास ?

निकोलस जेरी जोनास अमेरिकी गायक, लेखक, अभिनेता र रेकर्ड प्रोड्युसर हुन् । उनी सात बर्षका थिए, जतिबेला अभिनयको सुरुवात गरे । निकको जन्म अमेरिकाको स्टेट टेक्सासाको डैलासमा पल केविन जोनास सिनियरको घरमा भएको थियो । उनले केविनसँग मिलेर सांगीतिक व्यान्ड बनाएका थिए र त्यसको नाम थियो, द जोनास ब्रदर्श ।

सन् २००६ मा जब उनले पहिलो एल्बम ‘इट्स अबाउट टाइम’ सार्वजनिक गरे, त्यसबेला उनको उमेर केवल १३ बर्षको थियो । यस ब्यान्डलाई डिज्नी च्यानलबाट निकै सफलता मिल्यो ।

सन् २०१४ मा ब्यान्ड फुट्यो, त्यसपछि निकले सोलो एल्बम सार्वजनिक गरे । सन् २०१७ मा उनको ‘रिमेम्बर आई टोल्ड यू’ आयो, जसमा बि्रटिश कलाकार एनी मैरी थिइन् ।

निक केही फिल्ममा पनि देखिए ।

सन् २०१५ मा’केयरफुल वाट यू विस फर’ फिल्ममा देखिए । सन् २०१९ मा प्रदर्शन हुने फिल्ममा पनि उनको अभिनय हेर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?