+
+

जिलेटिनले रोकिएको दार्चुला–तिंकर सडकको काम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १०:३४


४ भदौ, दार्चुला । जिलेटिन अभावमा महिनौंदेखि रोकिएको महाकाली करिडोरअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको काम शुरु भएको छ ।

चीनसँगको नाका जोड्ने यो सडक खण्ड महत्वको मानिन्छ । तर निर्माण सामग्रीको अभावमा प्रभावित हुँदै आएको थियो । जिलेटिन उपलब्ध भएसँगै सडक खण्डको काम केही महिना ढिलो गरी भदौ ३ गतेबाट शुरु भएको हो ।

दार्चुला– तिंकर सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर दिनेश रैखोलाले जिलेटिन विस्फोट गराएर सडक निर्माणको काम शुरु गरिएको जानकारी दिए ।

सडक आयोजनाका अनुसार, पहिलो चरणमा ३० किलो जिलेटिन विस्फोट गराइएको छ । नेपाली सेनाको दुर्गादल गुल्मका लेफ्टिनेन्ट ऋषिराम न्यौपानेको नेतृत्वमा गएको टोलीले आइतबार सडकखण्ड अन्तर्गतको विजयपुर भीरमा ३० केजी जिलेटिन पड्काएको हो ।

दुहू गाउँपालिकाको विजयपुर भीरको कडा चट्टानी भू–भागका कारण सडक निर्माणको कार्य प्रभावित हुँदै आएको थियो ।

सैनिक टोलीले लगेको ३६ केजीमध्ये ३० केजी मात्रै पड्काइएको लेफ्टिनेन्ट ऋषिराम न्यौपानेले जानकारी दिए । मेसिनमा चढेर खोपिएका हुलहरुमा जिलेटिन राख्न नसक्दा ६ किलो विष्फोटक पदार्थ फिर्ता ल्याइएको आयोजनाका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए । मेसिनमा चढेर खोपीएका हुलहरुमा जिलेटिन राख्न मसिनकै आवश्यकता हुने भए पनि त्यो नहुँदा ६ किलोग्राम जिलेटिन प्रयोग गर्न नसकिएको उनको भनाइ छ ।

बझाङ जिल्लाको कालांगाड जलविद्युत् आयोजनाबाट ९ हजार ३ सय किलोग्राम जिलेटिन असार १० गते नै जिल्ला सदरमुकाम खलंगा ल्याइएको थियो ।

त्यसैगरी, मार्मा क्षेत्रको पारीबगड–खण्डेश्वरी सडक खण्ड अन्तरगतको मकरीगाडका लागि पनि नेपाली सेनाको टोली जाने भएको छ । उक्त सडक खण्ड अन्तरगत मकरीगाडमा कडा चट्टानी भू–बनोटमा पनि जिलेटिन पड्काउनु पर्ने भएकाले नेपाली सेनाको टोली जाने न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?