Comments Add Comment

स्वस्थ र दिर्घायुका लागि जरुरी छ पर्याप्त निद्रा

young beautiful woman sleeping and smiles in his sleep in bed

निद्रा वा आराम हाम्रो शरीरको लागि धेरै नै जरुरी छ । कामले थाकेपछि हामीलाई आराम चाहिन्छ । त्यसैले दैनिक पर्याप्त निन्द्रा बिना हामी चुस्त दुरुस्त रहन सक्दैनौं ।

चिकित्सकहरुका अनुसार मानिस स्वस्थ रहनको लागि दैनिक कम्तिमा ६-८ घण्टा निदाउनुपर्छ । वैज्ञानिकहरुले गरेका विभिन्न शोध अनुसार निन्द्राले हाम्रो शरीरलाई आराम दिने मात्रै होइन यसले शरीरलाई स्वस्थ पनि राख्छ ।

निन्द्राको अभावमा अल्जाइमर जस्ता ज्यानै लिने रोगको जोखिम बढ्न सक्छ । यसको परिक्षणको लागि डेबिड होल्ट्जम्यानले मुसा र मानिसको शरीरमा शोध गरेका थिए  ।

शोधमा निन्द्राले मुसा र मानिस दुवैमा बिटा एमिलोयडको स्तर प्रभावित गर्ने र शरीरमा कम्पन पैदा गर्ने तथ्य पत्ता लाग्यो ।

निद्रा पुरा नभएमा के हुन्छ ?

विशेषज्ञहरुका अनुसार हामी दिनमा ६ घण्टाभन्दा कम सुत्यौं भने वा निन्द्रा पुरा नहुनाले हाम्रो शरीरका केही कोषहरु बिग्रन्छ । यसैकारणल शरीर काँप्न थाल्छ । यसले शरीरको सन्तुलन बिग्रन्छ ।

शोध अनुसार एक स्वस्थ व्यक्तिको लागि ६-८ घण्टाको निन्द्रा आवश्यक हुने कुरा पनि स्पष्ट भयो । निन्द्रा पुरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम पनि बढ्छ त्यसैले स्वस्थ रहनको लागि निन्द्रा पुरा हुनुपर्छ ।

शोधको क्रममा मुसामा बिटा एमिलोयडको स्तर उनीहरु जागेका समयमा अधिक हुने पत्ता लाग्यो । मानिसमा भने जब हामी निदाएका हुँदैनौं, हाम्रो मस्तिस्क धेरै सकि्रय हुन्छ र यो बिटा एमिलोयडको स्रावको कारण हुन सक्ने शोधले बताएको छ ।

निन्द्रा ठिकसँग नआउनाले मानिसमा चिडचिडाहट उत्पन्न हुन्छ । तर,  यस्तोमा डाक्टरले निन्द्राको औषधि लिने सल्लाह दिँदैनन् । वैज्ञानिकहरुले गरेका शोधहरुमा पनि अहिलेसम्म निन्द्राको औषधि लिन आवश्यक छ कि छैन भन्ने स्पष्ट भएको छैन ।

अल्जाइमरको रोगीलाई निद्रा

क्याम्बि्रज विश्वविद्यालयका प्राध्यापक डोमेन क्रोपरका अनुसार निन्द्रा र अल्जाइमरको सम्बन्ध भए पनि मानिसहरुलाई निन्द्राको औषधि खुवाउनको सट्टा अरु नै तरिकाले सुत्नको लागि प्रेरित गर्ने अभ्यास गराउनु धेरै ठिक हुन्छ ।

मानिसको निन्द्रामा शोध गरिरहेको अल्जाइमर्स सोसाइटी लण्डन पनि स्पष्ट निन्द्राको लागि औषधि लिन आवश्यक छ कि छैन भन्ने नतिजामा पुग्न पाएको छैन ।

हामी प्राकृतिक रुपमै निदाउन सक्यौं भने यो भन्दा सुखद कुरा के होला र  रु विशेषज्ञहरु पनि यस तर्कमा पनि एकमत हुने सम्भावना छ । सकरात्मक सोचको साथमा यदि कुनै कार्य गरेमा सम्भवत त्यसको परिणाम सुखद र राम्रो नै निस्कन्छ ।

मानसिक र शारीरिक स्वस्थ्यका लागि निन्द्रा

निन्द्राको विषयमा पनि कुरा यस्तै हो । निन्द्रा हाम्रो शरीरको लागि किन आवश्यक छ रु यो एक वैज्ञानिक शोधको लागि प्रश्न हुन सक्छ ।

तर, प्रश्नको जबाफमा यो स्पष्ट हुन्छ कि निन्द्राले हामीलाई मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउँछ । पर्याप्त निन्द्रा लिनाले हाम्रो निर्णय गर्ने क्षमता पनि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment