Comments Add Comment

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड


प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् ।

तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ ।

नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ– Shivade, I am Sorry !!

सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ ।

घटनालाई लिएर कौतुहुलता छाइरहेका बेला मनोवैज्ञानिकहरुले मानसिक समस्याका कारण खेडेकरले यस्तो गरेको हुनसक्ने लख काटेका छन् ।

शहर तथा सामाजिक सञ्जालमा यो विषयले चर्चा पिटेपछि स्थानीय प्रहरीले घटनालार्इ गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेकाे जनाएकाे छ ।

समाचार अनुसार सामान्य व्यवसाय गर्दै आइरहेका खेडेकर एमबीएका विद्यार्थी हुन् । उनको उमेर २५ वर्ष छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment