Comments Add Comment

हरिवंशको स्वरमा ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ रिलिज


काठमाण्डौको समस्यालाई उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । यो गीतमा बुलेट फ्लो र हाँस्य कलाकार हरिवंश आचार्यको स्वर छ ।

लुजा सिंहले छायांकन गरेको चलचित्रमा भरत रेग्मीको सम्पादन, विज्ञान राइको लगानी छ । संगीता श्रेष्ठले यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । यो गीतमा काठमाण्डौको दैनिकीलाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीलाई फिचरिङ गरिएको छ ।

चलचित्रले काठमाण्डौ भित्रको ३ फरक फरक कथालाई उठान गरेको छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत भिडियोका कारण चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment