Comments Add Comment

भेनेजुएलामा ‘महामहंगी’: एक किलो गोलभेडाको मूल्य ५० लाख !

भेनेजुएलामा एक किलो गोलभेडाको मूल्य ५० लाख बोलिभर छ

काठमाडौं । यदि तपाईंलाई महंगीले धेरै नै सताएको जस्तो लागेको छ भने भेनेजुएलामा तपाईंको कल्पना फेल खान सक्छ । भेनेजुएलामा महंगी मात्र होइन, ‘महामहंगी’ छ ।

त्यहाँको सरकारले महामहंगी नियन्त्रण गर्न योजना ल्याएको छ । तर, यसले जनतामा दुविधा बढाएको छ । धेरैले यो योजनाले कसरी काम गर्छ भन्ने प्रश्न उठाएका छन् ।

निकोलस मादुरोको सरकारले आफ्नो मुद्रा बोलिभारको नाम परिवर्तन गरेर ‘सोभरेन बोलिभार’ राखिएको छ । साथै ९५ प्रतिशत मुद्रा अवमूल्यन पनि गरिएको छ ।

यसको बाबजुद अन्तर्राष्ट्रिय मुद्रा कोषले भेनेजुएलाको महंगी १० लाख प्रतिशतले बढ्ने अनुमान गरेको छ । अर्थशास्त्रीहरुले देशको हालत खराब हुने चेतावनी दिएका छन् ।

एक रोल ट्वाइलेटको मूल्य २६ लाख बोलिभर छ ।

सोमबार के भयो ?

राष्ट्रपति मादुरोले कदमले देशको मुद्रा परिवर्तन भएको छ । नोटको नाम पनि परिवर्तन भएको छ । आठथरी नयाँ नोट पनि जारी गरिएको छ । नयाँ नोट २, ५, १०, २०, ५०, १००, २०० र ५०० का छन् ।

भेनेजुएलाका सेन्ट्रल बैंकका प्रमुख केलिस्टो ओर्टेगोले पुरानो नोट निश्चित समयसम्म चलनमा रहने र एक हजारको नोटलाई प्रतिबन्धित गरिएको घोषणा गरेका छन् ।

यसले कस्तो असर पार्छ ?

गाजरको मूल्य ३० लाख बोलिभर छ ।

भेनेजुएला ‘महामहंगी’ मात्रै होइन, ‘महामन्दी’को चपेटामा पनि छ । भेनेजुएलाको राष्ट्रियसभाका अनुसार औसत हरेक २६ दिनपछि भाउ दोब्बर हुनेछ ।

केही अर्थशास्त्रीहरु एक कप दूध कफीलाई महंगीको प्रतिक मान्छन् । ३१ जुलाईमा राजधानी काराकसको कफी हाउसमा एक कप कफीको मूल्य २५ लाख बोलिभार थियो ।

एक किलो चिकेनको मुल्य ४६ लाख बोलिभार, एक रोल ट्वाइलेट पेपरको मुल्य २६ लाख बोलिभार, एक किलो गाजरको मूल्य ३० लाख बोलिभार, एक किलो चामलको २५ लाख बोलिभार, एक किलो टमाटरको मूल्य ५० लाख बोलिभार छ ।

पाँच हप्तामा अघिको तुलनामा कफीको मूल्य दोब्बर हो । जब परिवर्तन भएको मुद्रा ९५ प्रतिशत अबमुल्यन भएर बजारमा आउँछ, त्यतिखेर २६ सोभरेन बोलिभारमा एक कप कफी पाइनेछ ।

यो एक प्याकेट चामलको मूल्य २५ लाख बोलिभर छ

के यसले सजिलो हुन्छ ?

केही समयको लागि यसले नगदी लेनदेन सजिलो हुनेछ । अहिले एक कप कफी लिन नोटको मोटो गड्डी बोकेर जानुपर्छ । भेनेजुएलाको पुरानो मुद्रामा सबैभन्दा ठूलो बोलिभार एक लाखको थियो । यसको अर्थ एक कप कफीको लागि २५ वटा एक लाखको नोट दिनुपथ्र्यो ।
भेनेजुएलामा महंगीको कारण ठूला नोटहरुको माग बढेको छ तर, त्यहाँको बैंकहरुले सबै ग्राहकहरुलाई आफ्नो एकाउन्टबाट पैसा निकाल्ने सीमा तय गरेको छ ।

यस्तोमा यहाँका नागरिकहरुले नोटको भारी नै लैजान पर्थ्यो वा अनलाइन पेमेन्ट गर्नुपर्थ्यो ।

यो स्यानिटरी प्याडको प्याकेटका लागि भेनेजुएलामा ३५ लाख बोलिभर तिर्नुपर्छ ।

बीबीसीका दक्षिण अमेरिकी संवाददाता केटी वाट्सनका अनुसार होटलमा टिप्स पनि अनलाइन दिनपर्थ्यो । सरकारका अनुसार नयाँ आर्थिक योजनाले महंगी नियन्त्रण गर्न सकिने मात्रै होइन, आर्थिक युद्धको पनि सामना गर्न समेत सहयोग पुग्छ ।

भेनेजुएलाको अनुसार साम्राज्यवादी शक्तिले उनी विरुद्ध ‘आर्थिक युद्ध’ सुरु गरेका छन् । एक सेप्टेम्बरबाट न्युनतम पारिश्रमिकमा ३४ गुणाले वृद्धि हुनेछ ।

साढे ९ लाखमा एक किलो मासु पाइन्छ

नयाँ ‘सोभरेन बोलिभार’लाई सरकारले तेलको लागि जारी गरेको भर्चुअल करेन्सी पेट्रोको रुपमा हेरिएको छ । राष्ट्रपति मादुरोले टि्वट गरेर भनेका छन्, ‘सरकार नवउदार पूँजीवादलाई विफल बनाउने छ र देशको आर्थिक व्यवस्था पुर्ण रुपले सुधार हुनेछ ।’

तर, अर्थशास्त्रीहरुले यो तरिकाले महंगीको जरोमै पुगेर त्यसलाई हटाउन नसकिने बताएका छन् । उनीहरुका अनुसार नयाँ नोटको छपाईले महंगीलाई लामो समयसम्म नियन्त्रण गर्न सकिँदैन । बरु स्थिति अझै बिग्रन्छ ।

२.४ किलो कुखुराको मासुको मूल्य एक करोड ४६ लाख बोलिभर पर्छ ।

अर्थशास्त्रीहरुका अनुसार न्युनतम मजदुरी बढ्नाले महंगी अझै बढ्नेछ । केही विश्लेषकहरुका अनुसार नयाँ मुद्राले ‘महामहंगी’सँग एक महिनामा नै हावा खानेछ ।

तत्काल असर हुन्छ ?

भेनेजुएलामा एक किलो चिजको मूल्य ७५ लाख बोलिभर पर्छ ।

सोमबार नयाँ नोट जारी गरिएको छ । तर, मादुरोले बैंकको लागि बिदा घोषणा गरिदिए । बैंक मात्रै होइन, वित्तिय संस्थानहरुसँग २४ घन्टाको लागि इलेक्ट्रोनिक पेमेन्ट बन्द गर्न भनेका थिए । नयाँ नोटहरुको प्रयोग मंगलबारबाट सुरु भएको छ ।

आगामी दिनमा पनि बैंक बाहिर लाइन लागिरहनेछ र अचानक नयाँ नोट प्रयोगमा ल्याउँदा मानिसहरुबीच भागदौडको स्थिति पनि पैदा हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment