Comments Add Comment

इस्टामा अक्षयकुमारले शाहरुख, सलमानलाई उछिने

लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राममा अक्षय कुमार सर्वाधिक लोकप्रिय भारतीय अभिनेता ठहरिएका छन् । आमिर खान, शाहरुख, खान र सलमान खानलाई उछिन्दै उनी इन्स्टाग्राममा २ करोड फलोअर्स कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।

इन्स्टाग्राममा सलमानका फलोअर्सहरुको संख्या १ करोड ७८ लाख छ भने शाहरुखका एक करोड ६८ लाख छन् । आमिर खानका भने १ करोड २० लाख मात्रै छन् । आमिर सामाजिक सञ्जालमा धेरै सक्रिय नभएकाले उनका फलोअर्स अरुभन्दा कम भएका हुन् ।

अक्षयकुमारले २ करोड फलोअर्स पुगेको अवसरमा एक पोष्ट गर्दै सबैलाई धन्यवाद दिएका छन् । इन्स्टाग्रामले उनलाई विशेष उपहार पनि दिएको छ ।

इन्स्टाग्रामका फलोअर्समा बलिउड नायकभन्दा नायिकाहरु अगाडि छन् । नायिका पि्रयंका चोपडा सबैभन्दा अगाडि छन् । यसअघि दिपिका पादुकोण अगाडि थिइन् । तर, हालैको ईर्गेजमेन्टपछि प्रियंका अगाडि आएकी छन् । पि्रयंकाका फलोअर्स २ करोड ४० लाख छन् भने दिपिकाको उनीभन्दा केही कम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment