Comments Add Comment

सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री


६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।

बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताए ।

नेपाल बहुसंस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधताले भरिएकाे भन्दै उनले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

बकर–इद इस्लामका पाँच आधार स्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment