+
+

ट्याक्सी चालकलाई आजबाट ज्याकेट अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते १०:५३

६ भदौ, काठमाडौं । ट्याक्सी चालकहरुले बुधबारदेखि ड्रेस लगाउनुपर्ने भएको छ ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी राजधानीका भाडाका ट्याक्सी चालकलाई अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ज्याकेट अनिवार्य गरेको भए पनि पर्याप्त ड्रेस नभएकाले एक महिनाको समय दिएको छ ।

एक महिनाभित्र सबै ट्याक्सी ड्राईभरले ज्याकेट नलगाए कारवाही गरिने वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।

उनले ज्याकेटले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

यात्रुलाईलाई दुव्यर्वहार गरिएको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरि त्यस्ता चालकलाई कारवाहीको दायरामा ल्याइने उनले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्य रुपमा ड्रेसलगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिए ।

उनले पूर्वाधार, उपयुक्त पार्किङ्ग स्थल र मिटर उपलब्ध गराउन पनि सरोकारवालाहरुसँग माग गरे । माग अनुसारको मिटर उपलब्ध नगराई ट्याक्सी चालकमाथि कारबाही गरिएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?