Comments Add Comment

नमाज वाचनपछि मुख्यमन्त्री राउतले भने– देशभर शान्ति छाओस्

६ भदौ, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

वीरगंजको लाठगल्लीस्थित जामे मस्जिदमा नमाज वाचन सकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश मात्रै नभएर आफूले देशभर सुख, शान्ति र अमनचयनको कामना गरेको बताए ।

प्रदेश २ का जिल्लाहरूमा बिहानैदेखि बकर इदको चहलपहल देखिएको छ । वीरगञ्जको छपकैया, मुर्ली, श्रीपुर, लाठगल्लीलगायत स्थानमा रहेका मस्जिदहरुमा ठूलो संख्यामा धर्मालम्बीहरु नमाज पढ्नुको साथसाथै शुभकामना साटासाट गरेर हर्षाेल्लासका साथ पर्व मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment