Comments Add Comment

चार दिनपछि बाजपेयीलाई श्रद्धान्जली दिँदा सलमानको ट्रोल

भारतीय राजनीतिज्ञ अटल बिहारी बाजपेयीको चार दिनअघि निधन भयो । उनको निधनमा थुप्रै बलिउडकर्मीहरुले सामाजिक सञ्जालमा भावीव्व्हल हुँदै श्रद्धान्जली दिए । यसरी श्रद्धान्जली दिनेमा शाहरुख खान, प्रियंका चोपडादेखि अनिल कपुर र लता मंगेशकरसम्म थियो ।

यसरी रुवाबासी चलिरहँदा नायक सलमान खानको भने अत्तोपत्तो थिएन । उनले सामाजिक सञ्जालमा बाजपेयीलाई सम्भिmएनन् । यसलाई लिएर थुप्रैले उनको आलोचना पनि गरिरहेका थिए । अहिले ४ दिनपछि आएर सलमान एक थान श्रद्धान्जलीका साथ फेसबुकमा झुल्किए । उनले बाजपेयीको प्रशंसा गर्दै उनको निधनमा शोक व्यक्त गरे । यसरी चार दिनपछि शोक व्यक्त गर्दा सलमानले थुप्रै ट्रोलको सामना गर्नुपरेको छ ।

कसैले ‘श्रद्धाञ्जली दिन किन यति हतार गरेको ?’ भन्दै व्यंग्य कसे । कसैले ‘बाजपेयीको निधन भएको यति चाँडै कसरी थाहा पाउनुभयो भनेर सोध ?’ एक जनाले चाहिँ ‘टाइगर सुतिरहेका थिए’ भनेर लेखिन् । यद्यपि, सलमानका केही डाई हार्ड फ्यानहरु भने उनको बचाउमा पनि लागे ।

खासमा सलमान केही दिनदेखि देशबाहिर थिए । आफ्नो फिल्म ‘भारत’ को सुटिङका सिलसिलामा माल्टामा थिए । उनले त्यहाँ बाजपेयीको खबर थाहा पाएनन् वा पाएर पनि वेवास्ता गरे यसै भन्न सकिन्न । भारत फर्केपछि फेसबुकमा श्रद्धान्जली दिँदा उनलाई उल्टै अवगाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment