+
+

हिँडडुल गर्दा धेरै स्याँ-स्याँ हुन्छः थाहा पाइराख्नुहोस् यसको कारण

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते ८:०१

यताउता हिँडडुल गर्दा, शारीरिक बल पर्ने काम गर्दा, दौडदा, व्यायाम गर्दा कसैलाई बढी नै स्याँ-स्याँ हुन्छ । खासगरी मोटोपन भएका व्यक्तिहरुलाई यस्तो समस्या हुन्छ । तर, कहिलेकाँही दुब्ला मानिसलाई पनि थोरै हिँड्दा वा केही काम गर्दा स्याँ-स्याँ हुन्छ । यस्तो भएमा समस्या गम्भीर हुन सक्छ ।

आजभोली धेरैलाई स्याँ-स्याँ हुने समस्या रहेको पाइन्छ । जताततै यस्तो समस्या भएका मानिसहरु भेट्न सकिन्छ । कुनै वैवाहिक कार्यक्रम मा पारिवारिक भेटघाटमा काकी, सानिमा, फुपु वा अन्य कुनै चिरपरिचितबाट सास फुलिरहेको वा स्याँ-स्याँ भएको गुनासो सुन्न सकिन्छ ।

के तपाईंले पनि सोच्नुभएको छ यसको खास कारण के हो ?

स्याँ-स्याँ किन हुन्छ ?

शरीरलाई आवश्यक अक्सिजन ठिकसँग नपाउनाले स्याँ-स्याँ हुने गर्छ । यसले फोक्सोमा अनावश्यक दबाब पर्छ । यस्तोमा फोक्सोले अक्सिजन पाउनको लागि श्वासप्रश्वास प्रकि्रयाको गतिलाई बढाइदिन्छ ।

जसलाई हामी सरल भाषामा सास फुल्ने वा स्याँ-स्याँ हुने भनिन्छ । यदि समय छँदै स्याँ-स्याँ किन भयो भन्नेमा ध्यान दिइएन भने यसको परिणामले ज्यानै लिन पनि सक्छ ।

स्याँ-स्याँहुनबाट रोक्ने २ उपाय छ । पहिलो, शरीरको अक्सिजनको माग पुरा गर्नको लागि बाहिरबाट अतिरिक्त अक्सिजन दिइन्छ । दोस्रो, शरीरको अक्सिजनको माग कम गरिन्छ ।

यस्ता छन् यसको मुख्य कारण

स्याँ-स्याँ हुने कारणको कुरा गर्दा हाम्रो देशमा यसको विशेषगरि २ मुख्य कारण छन् । पहिलो धेरै मोटोपनाको कारणले यस्तो हुन्छ भने अर्को कारणमा रगतमा रातो कणको कमीले पनि यस्तो हुन्छ ।

अर्थात यदि अक्सिजनलाई एक स्थानबाट अर्को स्थामा पुर्याउने रक्तकण अर्थात हेमोग्लोबिनको कमी छ भने अक्सिजन आपूर्तीमा मा बाधा हुन्छ र मानिसलाई स्याँ-स्याँ हुन्छ ।

हाम्रो धेरै संख्यामा महिलाहरु पाठेघरको समस्या वा त्यससँग जोडिएका अनावश्यक वा अधिक रक्तश्रावको समस्याले पिडित छन् । त्यस्तै धेरै बच्चाहरुको जन्मको बीच अन्तर धेरै कम हुनाले पनि अनिमिया वा स्याँ-स्याँ हुने समस्या धेरलाई भएको पाइन्छ ।

मोटोपना एक अभिशाप

आजकाल मानिसको जीवनशैली फेरिएको छ । धेरैले शारीरिक परिश्रम गर्दैनन् र व्यायामहरु पनि पर्याप्त मात्रामा गर्दैनन् । नियमित बिहानको हिँडडुल गर्ने वा व्यायामको अभाव, मदिरा सेवन, धेरै चिल्लो खाना खाने जस्ता बानीले शरीरमा बोसो लाग्छ र मोटोपना तिव्र रुपमा बढ्छ । प्राय मोटा मानिसहरुले थोरै सिँढी चढ्दा पनि सास स्याँ-स्याँ हुने गुनासो गर्छन् ।

मोटोपनालाई नियन्त्रित गर्ने हो भने स्याँ-स्याँ हुने समस्याबाट पनि छुटकारा मिल्छ ।

फोक्सोको रोग ठूलो कारण

फोक्सोको संक्रमण जस्तै निमोनिया वा टीवी स्याँ-स्याँ हुने समस्याको अर्को  प्रमुख कारण हो । श्वास नली वा त्यसको शाखाहरु सुन्निने पनि यसको अर्को एक कारण हो जसलाई मेडिकल भाषामा एस्थमेटिक ब्रोंकाइटिस भनिन्छ ।

कहिलेकाँही श्वासनलीमा कुनै समस्या वा छातीमा ट्युमरको दबाबले पनि स्याँ-स्याँ हुने गर्छ । त्यस्तै विभिन्न दुर्घटनामा लाग्ने छातीको चोटको सहि उपचार नभएमा भित्र रगत जम्मा हुन्छ र त्यसले फोक्सोमा दबाब पर्छ । यसले अक्सर स्याँ-स्याँ हुनाको साथसाथै खोकीको पनि समस्या देखिन्छ ।

स्केलोडर्मा नामको रोगले पनि फोक्सोलाई दुखाउँछ र फोक्सोको भित्री भागमा अस्वभाविक परिवर्तन आउँछ । यसले फोक्सोको बाहिरी अक्सिजन सोस्ने क्षमता कम हुन्छ र थोरै चल्दा पनि स्याँ-स्याँ हुन थाल्छ ।

मुटु रोगको कारणले

यदि तपाईको मुटु कमजोर छ वा हर्टअट्याकको कारण मुटुको कुनै भाग कमजोर वा नष्ट भएको छ भने यस्तो कमजोर मुटुले रगत वा पानीको साधारण भार पनि उठाउन सक्दैन र सास फेर्न गाह्रो भएर स्याँ-स्याँ हुन्छ । त्यसमा यदि मोटोपना पनि छ भने स्थिती अझै कष्टकर हुन्छ ।

मुटुको दाहिनेतर्फको भाग खराब रगतको स्टोरहाउस हो जसले धड्कनको साथै शरीरका विभिन्न अंगबाट आएका खराब रगतलाई फोक्सोकोतर्फ शुद्धिकरणको लागि पठाउँछ । त्यसपछि फेरि यो रगत मुटुको बाँया भागमा एकत्रित हुन्छ र शरीरका अन्य अंगमा पनि जान्छन् ।

यदि तपाईंलाई कुनै किसिमको जन्मजात मुटुको रोग छ र मुटुभित्र शुद्ध वा अशुद्ध रगत आपसमा समिश्रण हुन्छ भने शरीरमा निलोपना देखिन्छ विशेषगरि औंलाहरु र ओठ प्रभावित हुन्छ र साथै स्याँ-स्याँ हुने समस्या पनि देखिन्छ ।

स्याँ-स्याँ भएमा के गर्ने त ?

तपाईंलाई पनि यस्तो समस्या छ भने यसको परिक्षण र उपचार आवश्यक छ । तपाईले डाक्टरको सल्लाहअनुसार विभिन्न परिक्षणहरु जस्तैः छातीको एक्सरे, छातीको एचआर, सिटी, पिएफटी, मुटुको लागि डिएसई, रगतको जाँच, भिटामीन डिको मात्रा, ब्लड ग्यास एनालाईसिस आदी परिक्षणहरु गराउनुपर्छ ।

यस्ता परिक्षणबाट स्याँ-स्याँ हुने फुल्ने कारण पत्ता लगाइ त्यसको उपचार आवश्यक छ ।

तपाईं त्यस्तो अस्पतालमा जानुहोस् जहाँ आवश्यक परिक्षणहरुको सुविधाछ । सम्बन्धित परिक्षण पछि यदि तपाईलाई स्याँ-स्याँ हुने कारण फोक्सो हो भन्ने थाहा भयो भने कुनै छाती रोग विशेषज्ञ वा थेरेसिक सर्जनसँग सल्लाह लिनुहोस् ।

यदि फोक्सो क्षतिग्रस्त छ वा दबाबमा छ भने तुरुन्त सर्जरी गराउनुहोस् । तपाईको थोरै पनि लापरबाहीले फोक्सोको अर्कोतर्फको ठिक भागलाई पनि नोक्सान पुर्याउन सक्छ ।

त्यस्तै यदि स्याँ-स्याँ मुटुको कारणले भएको हो भने कुनै हृदयरोग विशेषज्ञ वा कार्डियो थोरेसिक सर्जनसँग सल्लाह लिनुहोस् । यदि मिर्गौलाको कारण सास फुलेको हो भने मिर्गौला विशेषज्ञको सल्लाह पनि लिन पर्छ ।

थाहा पाइराखौं केही विशेष कुराहरु

यदि तपाई २० वर्षको उमेरदेखि नै सँधै २ घन्टा नियमित हिँडडुल गर्नुहुन्छ र धुलोधुँवाबाट टाढा रहनुहुन्छ भने तपाई स्याँ-स्याँ हुने समस्याबाट केही हदसम्म बच्नुहुन्छ । त्यसैले मोटोपना कुनै पनि हालतमा बढ्न नदिनुहोस् ।

दैनिक करिब ३५० ग्राम सलाद र ३५० ग्राम फलफूलको सेवन गर्नुहोस् । प्रोटिन भरपुर मात्रामा लिनुहोस् । हरियो सागसब्जीहरुलाई नियमित सेवन गर्नुहोस् ।

कुनै पनि किसिमको धुमपान, तमाखु वा मदिरासेवनको लतबाट बच्नुहोस् । यदि तपाईंले यी सल्लाह मानेर स्वस्थ जीवनशैली अपनाउनुहुन्छ भने स्याँ-स्याँ हुने समस्यालाई लिएर अस्पतालको चक्कर लगाउनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?