Comments Add Comment

संवैधानिक परिषद बैठक: प्रधानन्यायाधीशमा मिश्र कि राणा ?

७ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर सर्वोच्चको इतिहासमै परिषदले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भयाे । जोशी अस्वीकृत भएसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो ।

प्रधानन्यायाधीश सिफारिसका लागि अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन् । परिषद्ले यी दुईमध्ये एक नाम सिफारिस गर्नुपर्नेछ ।

यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् ।

प्रमुख आयुक्तका लागि घिमिरेसहित पूर्वमुख्यसचिव लिलामणि पौडेल, राजेन्द्र किशोर क्षेत्री, युवराज संग्रौला लगायत आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment