+
+

वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १८:२०

७ भदौ, काठमाडौं । सरकारले नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दो क्रममा रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ सम्म वाषिर्क ५ लाख जना वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसपछि भने क्रमश घट्दै गएको वैदेशिक रोजगार प्रबद्धन बोर्ड अन्तर्गत वैदेशिक रोजगार सुधार सुझाव कर्यदलको प्रतिवेदनमा जनाइएको छ ।

बिहीबार संसदको श्रम समितिको छलफलमा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०६३/६४ मा वाषिर्क २ लाख जना वैदेशिक रोजगारीमा जाने गर्थे । त्यसपछि वर्षेनी बढ्दै यो संख्या ५ लाखसम्म पुगे पनि त्यसपछि भने घट्न थालेको प्रतिवेदनमा जनाइएको छ ।

सुरुमा पुरुष कामदारहरु मात्रै वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समयमा महिला कामदारको संख्या पनि उल्लेख्य बढेको प्रतिवेदनमा उल्लेख छ । ‘आव २०६३/६४ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदारको संख्या ३९० जना मात्र रहेकोमा १० वर्षपछि बढेर यो संख्या आव २०७३/७४ सम्ममा कुल १ लाख ८२ हजार ७३२ पुगेको छ’, प्रतिवेदनमा भनिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आव २०७४/७५ को जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा जाने नेपालीहरुको संख्या ५० लाख नाघेको छ ।’

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक भने अध्यावधिक हुन नसकेको वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले जनाएको छ । शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरू र भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्न सकेमा तथ्याङ्क निकै बढ्ने वोर्डको ठहर छ ।

२०६८ को जनगणनाले भारतमा रहेको नेपालीहरुको संख्या ५ लाख ८९ हजार ५० रहेको देखिएकोमा ८८.३ प्रतिशत पुरुष र ११.७ प्रतिशत महिला रहेको देखिएको बोर्डले जनाएको छ ।

नेपालले ११० मुलुकमा संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृति लिएर करिब १७२ मुलुकमा नेपालीहरु कामका लागि गएको प्रतिवेदनमा छ । नेपालीहरू कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, साउदी अरेबिया र युएइ रहेका छन । ‘वैदेशिक रोजगारमा जाने पछिल्लो आकंडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकले ८६.४२५ हिस्सा ओगटेको छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘यसरी वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत रहेका छन् ।’

कार्यदलका प्रतिवेदनअनुसार वैदेशिक रोजगारमा जाने कामदारमा प्रदेश १ र २ को हिस्सा करिब ५० प्रतिशत रहेको छ । भने प्रदेश नम्बर ३ र ५ मा १६/१६, गण्डकीको १३, कणर्ालीको ३ र प्रदेश ७ मा २ प्रतिशत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?