Comments Add Comment

कांग्रेसको विधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल

८ भदौ, काठमाडौं । कांग्रेसको बिधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल नियुक्त भएका छन् । मस्यौदा समितिको शुक्रबार बसेको पहिलो बैठकले रिजाललाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकमा छिटो बिधान निर्माण गर्ने बारे सदस्यहरुले धारणा राखेका थिए । शुक्रबार नै केन्द्रीय समितिको बैठकपछि सम्भव भए मस्यौदा समितिको बैठक पनि बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केहीबेरमा केन्द्रीय समिति बैठक सुरु हुँदै छ । शुक्रबारको केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्न सक्ने नेताहरूले बताएका छ ।

यस्तै बैठकमा मुलुकी संहिता, कर, महँगीलगायतका विषयमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment