Comments Add Comment

बच्चा ठूला भएपछि आफ्नो विगतबारे सम्झाउँनेछुः सन्नी लियोनी

सन्नी लियोनी बलिउडमा आएको लामो समय भइसकेको छ । तर, अहिले पनि उनले अरु कलाकारजस्तो इज्जत पाउन सकेकी छैनन् । उनलाई पूर्व पोर्नस्टारकै रुपमा हेर्ने गरिन्छ ।

सन्नीको बायोपिक ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ हालै प्रदर्शनमा आयो । वेब सिरिजको रुपमा आएको यस वायोपिकमा एउटा दृष्य छ । पत्रकारले उनलाई सोध्छन्, ‘एउटी वेश्या र पोर्नस्टारमा के फरक हुन्छ ?’

सन्नीले जवाफ दिन्छिन्, ‘एउटा समानता हुन्छ, हिम्मत ।’

सन्नी लियोनी साँच्चै हिम्मतिली छिन् । उनलाई आफ्नो विगतमा कुनै पछुतो छैन । पोर्न फिल्म खेलेर गल्ति गरेँ भनेर कहिल्यै भनेकी छैनन् ।

उनी भन्ने गर्छिन्, ‘त्यो पनि एउटा पेशा थियो, जुन मैले खुशीसाथ अंगालेकी थिएँ ।’

भारतीय टेलिभिजनमा प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ मा भाग लिएपछि सन्नीको जिन्दगीको बाटो बदलिएको थियो । बलिउडको ढोका खुलेको थियो । उनले बलिउडमा काम त पाइरहेकी छन्, तर सम्मान अझै पाउन सकेकी छैनन् । सामाजिक सञ्जालमा उनलाई अत्यधिक होच्याउने र खेदो गर्ने गरिन्छ । जबकि पछिल्लो पाँच वर्षमा उनी भारतीयहरुले इन्टरनेटमा सबैभन्दा बढि सर्च गरेकी नाम हुन् ।

सन्नी अहिले तीन सन्तानकी आमा भइसकेकी छन् । उनले दुई सन्तान सरोगेसीमार्फत पाएकी हुन् भने एउटी छोरी धर्मपुत्री बनाएकी हुन् । तीनै सन्तानलाई अत्यधिक माया-ममताका साथ हुर्काइरहेकी छन् ।

हालै बीबीसीले एक अन्तरवार्तामा सन्नीलाई सोध्यो, ‘के छोराछोरी ठूला भएपछि तपाईं आफ्नो विगतबारे उनीहरुलाई सुनाउनुहुन्छ ?’

यो प्रश्नमा सन्नीले सहजतापूर्वक जवाफ दिइन्, ‘मैले बताउनै पर्छ । उनीहरु बुझ्ने भएपछि म सम्झाउनेछु । तर, अहिले चाहिँ मैले यो कुरा दिमागमा लिएको छैन ।’

उनलाई फेरि सोधियो, ‘के तपाईंका छोराछोरीले पनि पोर्न इन्डष्ट्रीमा आउन चाहे भने तपाईं छुट दिनुहुन्छ ?’

यो प्रश्नमा पनि सन्नी डग्मगाइनन् । उनले जवाफ दिइन्, ‘मलाई मेरो बुवाआमाले सानैदेखि स्वतन्त्रतापूर्वक निर्णय गर्न दिनुभयो । उहाँहरुप्रति मलाई गर्व छ । म पनि मेरा छोराछोरीले लिने निर्णयमा कुनै हस्तक्षेप गर्ने छैन । उनीहरुले जुनसुकै क्षेत्र पनि चुज गर्न सक्छन् । उनीहरुलाई राम्रो हेरविचार र शिक्षादिक्षा दिनु चाहिँ मेरो कर्तव्य हो । बाँकी उनीहरुकै हातमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment