Comments Add Comment

धर्मेन्द्रले बायोपिक बनाउन मानेनन्

‘सञ्जु’ को सफतापछि बलिउडमा धेरै कलाकारहरुको बायोपिक निर्माणबारे चर्चा चलिरहेको छ । यीमध्ये एक हुन् दिग्गज अभिनेता धर्मेन्द्र ।

धमेन्द्रका छोरा सन्नी देवलले हालै मात्र एक अन्तरवार्तामा आफ्ना बाबुको जीवनमा आधारित बायोपिक निर्माण गर्ने चाहना व्यक्त गरेका थिए । उक्त बायोपिकमा प्रमुख भुमिका आफैंले निभाउने उनको सोचाई थियो ।

‘म यो काम हतारमा गर्न चाहन्न । मैले एकजना राम्रो लेखक खोजिरहेको छु जसले मेरो बुवाको जीवनकथालाई रोचक तरिकाले स्क्रिप्टमा उतार्न सकोस । साथै एउटा सक्षम निर्देशक पनि मलाई चाहिएको छ,’ सन्नीले भनेका थिए ।

तर, सन्नीको यो इच्छा पूरा नहुने भएको छ । धमेन्द्रले आफ्नो बायोपिक निर्माणका लागि रुची देखाएनन् । उनले आफू बायोपिकका लागि योग्य पात्र नभएको समेत बताएका छन् ।

‘म आफूमाथि कुनै बायोपिक बनोस भन्ने चाहन्न,’ एक अन्तरवार्तामा धर्मेन्द्रले भने, ‘मेरो जीवन निकै उतारचढावयुक्त छ, तर, यसमाथि फिल्म बनाउने कुनै इच्छा छैन मेरो ।’

उनले अगाडि थपे, ‘मैले अहिलेसम्म आफ्नो बायोग्राफीसमेत पढेको छैन । जबकि ममाथि ४ वटा किताब लेखिएका छन् । यद्यपि, आफूले गरेका यात्राहरुलाई समेटेर केही लेख्ने इच्छा चाहिँ छ ।’

धमेन्द्र आफ्ना दुई छोरा सन्नी र बबि देवलका साथ चाँडै फिल्म ‘यामला पगला दिवाना २’ मा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment