+
+

कञ्चनपुरमा सर्वदलीय बैठकः सन्नीलाई सहिद घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते १६:५७

९ भदौ, कञ्चनपुर । सर्वदलीय बैठले सन्नी खुनालाई सहिद घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

१३ वषर्ीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा शुक्रबार खुनाको निधन भएको थियो ।

शनिबार बसेको सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा गर्न र पीडित परिजवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्ऽ सरकारलाई आग्रह गरेको छ ।

साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र शारीरिक रुपमा अशक्त भएमा जीवन निर्वाहका लागि सचित व्यवस्था गर्न माग गरेको छ ।

आन्दोलनका क्रममा भएको तोडफोड तथा प्रहरीले गोली चलाएको विषयमा निश्पक्ष छानविनका लागि समिति गठन गर्न गृहमन्त्रालयलाई अनुरोध गरेको छ । बैठकले विरोधका कार्यक्रम स्थगित गर्न र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?