+
+

कांग्रेस महासमिति बैठक मंसिर पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते २०:४१

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर पहिलो साता हुने भएको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकको मिति तय गरेको हो । मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुने नेता प्रदिप पौडेलले बताए ।

यसअघि भदौ मसान्तमै गर्ने निर्णय भएको थियो । विधान संशोधन मस्यौदा समिति बनाउन निकै समय लागेपछि महासमिति बैठक छठ पर्व पछाडि हुने भएको हो ।

केन्द्रीय कार्यसमितिको बैठक अघि शीर्ष नेताहरु बसेर महासमिति सार्ने सहमति गरेका थिए ।

महासमिति टार्न खोजेको आरोप लागेपछि देउवाले पदाधिकारीहरुलाई भदौभित्रै बैठक गर्ने तयारी गर्न निर्देशन दिएका थिए । तर, विधान मस्यौदा समितिका सदस्यहरुले समय नपुग्ने बताएको र शीर्ष नेताहरु पनि सहमत भएका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा भने उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेका थिए । केही नेताले धेरे ढिला सारिएको गुनासो गरेपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफूहरुको सहमतिमै प्रस्ताव आएको बताएका थिए ।

बैठकले महासमिति बैठकको तयारीका लागि विभिन्न समितिहरु बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको मूल तयारी समिति गठन भएको छ भने उपसभापति विमलेन्ऽ निधिले राजनीतिक, महामन्त्री शशांक कोइरालाको नेतृत्वमा सांगठनिक र कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन बनाउने छन् ।

पार्टीको अर्थ नीतिसम्बन्धि धारणा तय गर्न डा. प्रकाशरण महत नेतृत्वको समिति गठन गरेको छ । बैठकले विधान संशोधनका लागि महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको गठित विधान संशोधन मस्यौदा समितिलाई अनुमोदन गरेको छ ।

नेताहरुका अनुसार जिल्ला दुई सभापतिलाई स्थायी आमन्त्रित सदस्य बनाउने सहमति भएको छ । समिति गठन हुँदा उनीहरु आमन्त्रित मात्र थिए । तर, रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुलाई राख्नुपर्ने अडान लिएका थिए ।

अनुशासन समिति बनेन

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अनुशासन समिति भने बनाउन सकेन । पार्टी सभापति शेरबहादुर देउवाले भीष्मराज आङदाम्बेको नेतृत्वमा समिति बनाउने तयारी गरेका थिए । तर, पौडेल र कृष्ण सिटौला समूहले विरोध गरे ।

शनिबार केन्द्रीय कार्यसमितिको बैठक अघि सिटौलाले देउवालाई भेटेर सहमतिकै आधारमा अनुशासन समिति र कार्यसम्पादन समिति बनाउन मनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?