+
+

भक्तपुरका जुवा खालबाट १७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १० गते ८:१९

१० भदौ, भक्तपुर । भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट १७ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेका ६ जना र सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट ११ जनालाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुरबाट पक्राउ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रे तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, चाँगुनारायण नगरपालिका–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी र ४१ वर्षीय केदार शाखकर्मी रहेका छन् ।

प्रहरीले उक्त जुवाखालबाट नगद ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट पक्राउ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा छन् ।

यसैगरी ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा र सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ पनि पक्राउ परेका छन् ।

उक्त जुवाखालबाट नगद ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?