+
+

पोखरामा गजल : मरुभूमिमा कमल फुलिसक्यो पसिनाले

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते १२:५२

‘मरुभूमिमा कमल फुलिसक्यो पसिनाले
पानीले भएन देश हराभरा अझै पनि ।’

गजलकार सुदर्शन पौडेल स्टेजमा गएर देशप्रेमले ओतप्रेत गजल वाचन गर्न सुरु गरे ।

गजलको शेरसँगै दर्शकदीर्घा तालीले गुञ्जयमान भयो । उनले पहिलो चरणमा ५ गजल सुनाए । लगत्तै गजलकार बिर्सना बस्नेत थापाले ५ वटा गजल वाचन गरिन् । दृश्य थियो, गजलसन्ध्या पोखराले गरेको विशेष गजल वाचन ।

सन्ध्याले गर्दै आएको नियमिततर्फको विशेष गजल वाचन कार्यक्रममा २ फरक पुस्ताका गजलकारद्वय पौडेल र थापालाई मञ्चमा उभ्याएको हो । २ सेसनमा चलेको वाचनमा दुबैले १०/१० गजल वाचन गरे । पहिलो चरणको गजल वाचन गर्दै थापाले भनिन्,

‘कोहीको जीत कोहीको हार यस्तै भइराखेको छ
मनहरु न हो विविध प्रकार भइराखेको छ ।’

गजलकार पौडेलले समसामयिक विषयका गजलहरु प्रस्तुत गरे भने थापाले मायाप्रेम र गाउँघर सम्भिmएर कोरिएका गजल वाचन गरेकी थिइन् । थापा आˆनो गाउँको घर याद गर्दै गजलीय भावमा यसरी डुबिन्,

‘चुहिने मेरो गाउँको घर पाली नि उस्तै छ
वस्तुभाउ गोठमा बारीमा खेती बारी नि उस्तै छ ।’

युवा गजलकारका रुपमा चिनिएका गजलकार सुदर्शन पौडेलले कवितामार्फत देशका नेताप्रति व्यंग्य गरे । उनका गजलले युवाहरु धेरै विदेशिएको दुखान्त चित्रण थियो । उनले गजलबाटै युवालाई सचेत बनाउँदै देशको अवस्थाको व्यंग्य गरे ।

युवा यो देशलाई तिनको हातमा नछोड
जसले जानेको छैन अझै कखरा पनि ।

सन्ध्याले ‘गजलको उत्थानः हाम्रो अभियान’ मूल नारासहित गजलकर्म गर्दै आइरहेको छ । सन्ध्याले यसै वर्षदेखि गजलकारलाई पुरस्कृत गर्ने संस्थाका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए । ‘सन्ध्याले गजलको उत्थान गर्न सक्दो प्रयास गरिहेको छ । त्यसै अनुरुप यसवर्षदेखि नै कुनै एक गजलकारलाई पुरस्कृत गर्ने गरी कोष पनि खडा गरिसकेका छौं,’ उनले भने ।

सन्ध्याले प्रत्येक महिनाकेा दोस्रो शनिबार नियमित गजल वाचन गर्दै आएको छ । यो गजल वाचनको १ सय ८२ औं श्रृङ्खला हो । ‘सन्ध्या महिनाको दोस्रो शनिबार नियमित रचना वाचनमा कहिले खुल्ला रुपमा नयाँ र पुराना पुस्ताका गजल एक साथ सुन्न पाइन्छ भने, कहिले विशेष वाचकका रुपमा केही गजलकार उभ्याउँछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?