+
+

‘तीजका गीत खत्तम !’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते ८:५४

काठमाडौं । तीज नजिकिएसँगै नानाथरीका गीतहरु आइरहेका छन् । तर धेरैजसो गीतमा तीजको मर्म पाइँदैन । त्यसैले अहिलेका तीज गीतलाई कटाक्ष गर्दै अर्को तीज गीत बजारमा आएको छ ।

शिव अखेलीको शब्द सिर्जनामा ‘तीज गीत खत्तम’ नामक गीत सार्बजनिक भएको हो ।

शिव अखेलीले व्यंग्य कस्दै लेखेका छन्-

तीजमा गाउने नयाँ भाका सकिएरै हो कि

रत्यौलीमै ढाल्नुपर्ने बाध्यता नै हो कि ?

बिहे होर रत्यौली, पार्टी होर ठट्यौली,

तीजका गीत गाउने भए वेदनाका गाऊ ।

यो गीतलाई सम्झना भण्डारी र बिनोद भण्डारीले गाएका छन् भने संगीत नरेश खाती क्षेत्रीको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विष्णु सापकोटा (हर्के हबल्दार) र रोशनी सापकोटा (बाटुली)को अभिनय छ ।

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?