+
+

करेन्ट लागेर भक्तपुरमा एकको मृत्यु, अर्का घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते ८:४०

११ भदौ, भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ ।

घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको हो ।

घटनामा घाइते भएका काफ्ले अर्का घाइते ३८ वर्षीय हीराबहादुर खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले काफ्लेलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

अर्का घाइते खड्कालाई भक्तपुर अस्पतालले थप उपचारका लागि सैनिक अस्पताल रिफर गरेको प्रनाउ पोखरेलले बताउनुभयो । घटनाको महानगरीय प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?