Comments Add Comment

एसियाडमा करातेकी अनु अधिकारी पदक नजिक

११ भदौ, काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा करातेमा कास्य पदकका लागि नेपालकी अनु अधिकारीले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

महिलातर्फ ५० केजी तौलसमूहमा अनुले सोमबार लाओसकी सिरिमौङखौने सिरिभिमोनलाई पराजित गर्दै कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएकी हुन् । उनले जापानकी मियाहरा मिहोसँग प्रतिस्पर्धामा जित हासिल गरेमा कास्य पदक पाउनेछिन् ।

अनुले सिरिभिमोनलाई ३-१ अंकको आधारमा पराजित गरेकी हुन् । यसअघि अनु क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी सियसुङ घुसँग ७-२ अंकमा पराजित हुदै सेमिफाइनल प्रवेशबाट बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment