Comments Add Comment

केकेआरले किन दिए आत्महत्या गर्ने धम्की ?

बिबादास्पद छवि भएका बलिउड अभिनेता केकेआरले आत्महत्या गर्ने धम्की दिएका छन् । आफ्नो टि्वटर अकाउन्ट बन्द भएको विषयलाई लिएर उनले यस्तो धम्की दिएका हुन् ।

केकेआर सामाजिक सञ्जालमा आफ्ना अन्टसन्ट अभिव्यक्तिहरुका कारण चर्चा एवं विवादमा आउँछन् । उनी चर्चित कलाकार तथा हिट भनिएका फिल्महरुविरुद्ध मुख खोल्न हिच्किचाउँदैनन् । केही समयअघि उनले टि्वटरमा आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ को धज्जी उडाइदिएका थिए ।

त्यसपछि कसैले उनीविरुद्ध टि्वटरमा उजुरी गर्‍यो र टि्वटर इन्डियाले तत्काल एक्सन लिएर केकेआरको अकाउन्ट बन्द गरिदियो । उनीबिरुद्ध उजुरी गर्ने को थियो भन्ने प्रष्ट नभए पनि आमिर खानकै निर्देशनमा गरिएको अनुमान छ ।

टि्वटर अकाउन्ट बन्द भएपछि लामो समयसम्म मौन रहेका केकेआरले अन्ततः मुख खोलेका छन् । उनले आफूमाथि षडयन्त्र भएको बताएका छन् ।

‘पहिले उनीहरुले ममाथि लाखौं जरीवाना गराए र फेरी अकाउन्ट बन्द गरिदिए,’ विज्ञप्तिमा केकेआरले भनेका छन्, ‘यदि तुरुन्त मेरो अकाउन्ट खोलिएन भने म आत्महत्या गर्नेछु र त्यसको जिम्मेवारी तिमीहरुले लिनुपर्ने छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment