+
+

राष्ट्रियसभाका ३ समिति सभापतिमा नेकपाका सांसद निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १२ गते १७:३९

१२ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका चारमध्ये तीन समितिमा उम्मेदवारी परेको छ ।

विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजत व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको हो ।

मंगलबार मनोनयन दर्ताको दिन उक्त पदमा अरु कसैको उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएका छन् । समितिको निर्वाचन बुधबार हुँदैछ ।

विधायन समितिका सभापतिका उम्मेदवार गुरुङको प्रस्तावक उदया शर्मा पौडेल र समर्थक ठगेन्द्रप्रसाद पुरी छन् । यस्तै, विडारीको उम्मेदवारीमा नैनकला ओझा समर्थक छन् । दीपा गुरुङको प्रस्ताव र रामचन्द्र राईको समर्थनमा थापाले सरोकार समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् ।

राष्ट्रियसभामा रहने चार समितिमध्ये दिगो विकास तथा सुशासन समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने यसअघि नै सहमति भएको थियो । तर उक्त समितिमा मंगलबार उम्मेदवारी दर्ता भएन । कांग्रेस सांसद तारादेवी भट्टलाई सभापति दिने चर्चा भए पनि उनी अर्कै समितिमा सदस्य रहेका कारण दिगो विकास समितिमा मनोनयन नभएको एक सांसदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?