Comments Add Comment

बलिउड अभिनेत्रीले भनिन्ः गौहत्याका कारण केरलामा बाढी

भारतको केरला राज्यमा आएको विनाश लिलालाई लिएर एक बलिउड अभिनेत्रीले दिएको अभिव्यक्ति विवादमा आएको छ । उनले केरलाका मानिसहरुलाई भगवानले ‘गौहत्या’ को सजाय दिएको बताएकी छन् । अभिनेत्री तथा मोडल पायल रोहतगीले केरलाको बाढीलाई धर्मसँग जोडेर धाराप्रवाह ट्विट गरेकी थिइन् । उनको ट्विटमाथि खासगरी मुसलमानहरु आक्रोशित बनेका छन् । उनीहरुले अभिनेत्रीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् ।

आफ्नो पहिलो ट्विटमा पायलले लेखेकी थिइन्, ‘केरलामा गौहत्या प्रतिवन्धित छैन । प्रिय केरलाका जनता तथा राजनीतिज्ञ, हिन्दूहरुको भावनालाई चोट पु¥याउनु राम्रो होइन । यदि तिमी यसो गर्छौ भने भगवानले पनि तिमीलाई सजाय दिन्छन् । तिमीले यसरी अरुको धार्मिक भावनामाथि खेलवाड गर्नु हुँदैनथ्यो ।’

उनले दोस्रो ट्विटमा लेखिन्, ‘मानिसको सफलता वा असफलताको ग्राफका आधारमा उसको विचारहरुलाई ग्रहण गर्ने गरिन्छ । तर, कर्म भनेको कर्म हो । यसले कुनै हिन्दू वा मुस्लिमलाई छोड्दैन । तपार्इंंहरुले अरुको भावनालाई आहत गर्नुभएको छ । सबै धर्मलाई सम्मान गर्न सिक्नुस ।’

पहिलो र दोस्रो ट्विट विवादमा परेपछि पायलले तेस्रो ट्विटमा लेखिन्, ‘हाम्रा ठूला भनाउँदा स्टारहरुले देशमा एउटा केटीमाथि भएको बलत्कारको घटनालाई धर्मसँग जोडेर प्रस्तुत गर्दा राष्ट्रिय समाचार बन्छ । तर, जब मैले आफ्नो धर्म र धार्मिक मान्यतालाई केरलाको बाढीसँग जोडेँ, मलाई मानिसहरुले अनपढ भने । र, मेरो करिअर ग्राफमाथि पनि प्रश्न उठाए ।’

चौंथो ट्विटमा पायल लेख्छिन्, ‘म भनिरहेकी छु कि कुनै पनि धर्मको अपमान गर्नु हुँदैन किनकी भगवान एक छन् । यदि मैले चेकसहित आफ्नो फोटो पोष्ट गरिनँ भने यसको मतलब यो होइन कि बाढी पिडिका लागि मैले सहयोग गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment