+
+

राष्ट्रियसभाका तीन समिति सभापतिले सपथ लिए

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १३ गते १४:५३

१३ भदौ, काठमाडौं । राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले बुधबार सपथ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासमक्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीले सपथ लिएका हुन् ।

सपथ लिने सभापतिहरु सबै नेपाल कम्युनिस्ट पार्टीबाट चयन भएका सांसद हुन् । ती समितिहरुमा मंगलबार गरिएको मनोनयन दर्ताका क्रममा उनीहरुको मात्र उम्मेदवारी परेको थियो ।

नवनिर्वाचित समितिका सभापतिहरुले संविधान र राष्ट्रियसभा नियमावली भित्र रहेर आ- आफ्नो कार्य क्षेत्रको कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन । विधायन व्यवस्थापन समितिका सभापति गुरुङले ऐन, कानुनको निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो कार्यक्षेत्र भित्रको कामलाई तीव्रता दिएर सरकारलाई आवश्यक निर्देशन दिने पनि बताए ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी नवनिर्वाचित सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकारका विषयहरुमा सरकारलाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय गौरवको आयोजना निर्माणको कामलाई गति दिने गरी ऐन, कानुन निर्माणको कामलाई जोड दिने योजना पनि सार्वजनिक गरिन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका नवनिर्वाचित सभापति रामनारायण बिडारीले संविधानमा नबाझिने गरी कानुनको व्यवस्था गर्ने कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे ।

दिगो विकास तथा सुशासन समितिको सभापति नेपाली कांग्रेसले पाएको छ तर यसमा सभापति चयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?